कछार (असम), 02 अगस्त (हि.स.)। कछार पुलिसले गुप्त सूचनाकोआधारमा छापा मारेर सिलचर शहरबाट भारी मात्रामा प्रतिबन्धित कफ सिरप जफ्तलाई गरेको छ। तथापि यस सम्बन्धमा कसैलाई पनि पक्राउ गरिएको छैन।
कछार पुलिसबाट शनिवार प्राप्त जानकारी अनुसार गए राती गुप्त जानकारीको आधारमा पुलिस टीमले एक कुरियर कम्पनीको गोदाममा छापा माऱ्यो। संदिग्ध प्रतिबन्धित सामग्री भएको एउटा पार्सलको बारेमा प्राप्त सूचनाको आधारमा पुलिस टीम कटल रोडस्थित गोदाममा पुग्यो अनि दुईवटा कार्टनमा प्याक गरिएको 400 बोतल (प्रत्येक 100 मिलीलीटर) फेन्सिडिल कफ सिरप जफ्त गऱ्यो।
घटनास्थलमा स्वतन्त्र गवाहको उपस्थितिमा सबै प्रक्रियालाई पालन गर्दै कफ सिरपका बोतलहरूलाई जफ्त गरियो। कफ सिरप( फेन्सिडिल)-का यी बोतलहरू बिहारको मुजफ्फरपुरबाट पठाइएको थियो जसलाई त्रिपुराको राजधानी अगरतला पठाउनुथ्यो। सम्बन्धित अपराधीहरूको बारेमा पत्तो लगाउनको लागि जाँच जारी छ। आवश्यक कानूनी कारबाही शुरू गरिएको छ। जफ्त गरिएको कफ सिरपको मूल्य 6 लाख रुपियाँ रहेको अनुमान लगाइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा