तामुलपुरको स्किल सेन्टरको मुख्यमन्त्रीले गरे सराहना
तामुलपुरको स्किल सेन्टरको मुख्यमन्त्रीले गरे सराहना


गुवाहाटी, 02 अगस्त (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले तामुलपुरमा संचालित कौशल केन्द्रको सराहना गर्दै यसलाई युवा सशक्तिकरणमा परिवर्तन ल्याउने प्रमुख साधन बताएका छन्। मुख्यमन्त्रीले शनिवार सोशल मीडिया फेसबुकमा एउटा पोस्ट शेयर गर्दै कौशल केन्द्रलाई युवा समाजको लागि आशा केन्द्रको संज्ञा दिएका छन्।

मुख्यमन्त्रीले भनेका छन्, हामी कौशल विकाससँगसँगै युवा सशक्तिकरणमा परिवर्तन ल्याउनको लागि प्रायसरत छौं र तकनिक सिकाएर आत्मनिर्भर बन्नेमाथि बल दिरहेका छौं। शहरमा मात्र नभएर हामीले आफ्नो ग्रामीण क्षेत्रहरूमा कौशल विकासको दिशामा कदम उठाएर युवाहरूबीच माहोल बनाएका छौं।

मुख्यमन्त्रीले भनेका छन्, तामुलपुरको स्किल सेन्टरले आत्मनिर्भर असमको भावनालाई पुनर्जीवित गरेको छ साथै युवा समाजको लागि आशाको गहिरो सन्देश दिएको छ। जसरी युवाहरूलाई सिकाइन्छ, हामीले क्रान्ति ल्याइरहेका छौं। हामी शहरमा मात्र नभएर आम मानिसहरूको जीवनलाई प्रभावित पार्नको लागि आफ्नो शहर अनि गाउँभित्र कौशल विकास गर्ने पहल गरिरहेका छौं। तमुलपुरको कौशल केन्द्रले आत्मनिर्भर असमको भावनालाई फेरि परिभाषित गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande