कंग्रेसले 4 अगस्तमा दिल्ली विधानसभा बाहिर प्रदर्शन गर्ने
कंग्रेसले 4 अगस्तमा दिल्ली विधानसभा बाहिर प्रदर्शन गर्ने


नयाँ दिल्ली, 2 अगस्त (हि.स.)। दिल्ली प्रदेश कंग्रेसले झोपड़ीहरूलाई उजाड़ बनाउने, महिला सम्मान निधि, कानून-व्यवस्था औ जलभराउ जस्ता मुद्दाहरूलाई लिएरआगामी 4 अगस्तदेखि दिल्ली विधानसभा बाहिर प्रदर्शन गर्ने घोषणा गरेकोछ। पार्टीको भनाइ छ, उनीहरूले जनताको बुनियादी मुद्दालाई लिएर सत्तारूढ़ भाजपा सरकारलाई घेर्नेछन्।

दिल्ली प्रदेश कंग्रेस कमिटीकाअध्यक्ष देवेन्द्र यादवले शनिवार उक्त आशयको जानकारी गराउँदै भने, पार्टी कार्यकर्ता र दिल्लीवासीहरू आगामी 4 अगस्तको बिहान 11 बजे चँदगीराम अखाड़ा ट्रमा सेन्टर नजिक भेला हुनेछन्, त्यहाँदेखि विधानसभासम्म मार्च गर्नेछन्। उनले पार्टी कार्यकर्ता तथा दिल्लीवासीहरूसित अधिकभन्दा अधिक संख्यामा यस प्रदर्शनमा सामेल हुने अपील गरेका छन्।

देवेन्द्र यादवले एक बयान जारी भनेका छन्, लोकसभामा कंग्रेसका नेता राहुल गान्धीले स्वयं झोपड़ी बस्तीहरूमा पुगेर मानिसहरूको समस्यालाई सुने अनि त्यसलाई संसदमा उठाए। उनले आरोप लगाए, भाजपा सरकारले लगातार गरीबहरूको झोपड़ीलाई उजाड़िरहेको छ। पछिल्लो 6 महिनाभित्रमा 15 हजार झोपड़ी निवासीहरूलाई सुकुम्बासी बनायो, तर उनीहरूको पुनर्वासको लागि कुनै योजना ल्याइएन।

भाजपाको दिल्ली सरकारले महिला सम्मान निधि अन्तर्गत 2500 रुपियाँ मासिक दिने वाचा अहिलेसम्म पूरा गरेको छैन। दिल्लीकी मुख्यमन्त्री पदको शपथ लिँदै रेखा गुप्ताले कानून व्यवस्थालाई लिएर केन्द्रिय गृहमन्त्री अमितशाह सित बैठक गरिन् अनि दिल्लीमा जलभराउलाई समाप्त गर्नको लागि टीभी च्यानलहरूमा ठूल्ठूला दाबी गरिन्। दिल्लीका मानिसहरूको यस्तै मुद्दाहरूलाई लिएर कंग्रेसले सरकार विरूद्ध मोर्चा खोल्नेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande