भुवनेश्वर, 2 अगस्त (हि.स.)। केन्द्रिय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले कंग्रेस नेता राहुल गान्धीमाथि तीव्र प्रहार गर्दै उनलाई सार्वजनिक जीवनका मर्यादाहरूलाई चुर-चुर पार्ने बताएका छन्। उनले राहुल गान्धीमाथि आरोप लगाए, उनले कृषि कानूनहरूको सन्दर्भमा दिवंगत वरिष्ठ भाजपा नेता तथा पूर्व मन्त्री अरूण जेटलीको नामलाई गलत अनि असंवेदनशील ढंगमा प्रयोग गरेका छन्।
धर्मेन्द्र प्रधानले सोशल मीडिया पोस्टको माध्यमबाट भने, राहुल गान्धीले आफ्नो एजेण्डालाई अगाड़ि बढ़ाउनको लागि तथ्यहरूलाई किनाराकृत गर्दै स्व. अरूण जेटलीजीको नाममा कपोलकल्पना आधारित झुटो फैलाएका छन्।
उनले स्पष्ट पारे, कृषि कानून संसदमा वर्ष 2020-मा पेश गरिएको थियो भने अरूण जेटलीको निधन अगस्त, 2019मा भएको थियो। त्यसैले उनको नामलाई यस विषयमा जोड़्नु पूर्णत: भ्रामक र असत्य छ।
प्रधानले राहुल गान्धीको मानसिकतालाई अपरिपक्व, बालसुलभ औ घृणित बताउँदै भने, यसबाट फेरि एकपटक यो पनि सिद्ध हुन्छ कि कंग्रेस पार्टीका नेताहरूलाई संवेदना र मर्यादासित कुनै लेनदेन छैन। उनले कंग्रेसको मोहब्बत की दुकान-माथि कटाक्ष गर्दै भने, यस दोकानमा घृणित बोल मात्र भरिएको छ।
केन्द्रिय मन्त्रीले राहुल गान्धीसित दिवंगत अरूण जेटली, उनको परिवार अनि उनका समर्थकहरूसित तत्काल माफी माग्नुपर्ने माग गर्दै यस बयानलाई कंग्रेसको राजनीतिको अवसरवादिता एवं संवेदनहीनता- को उदाहरण बताए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा