कोलकाता , 2 अगस्त (हि.स.)। शनिवार बिहान उत्तर कोलकाताको मानिकतला क्षेत्रस्थित एउटा पुरानो भवनको एक भाग भत्कियो जसले गर्दा सम्पूर्ण क्षेत्रमा भाग-दौड़ मच्चियो। काँकुड़गाछी क्षेत्रमा भएको यस दुर्घटनामा दुईजना नानीहरू सहित छःजना मानिसहरू घाइते भएका छन्। घाइतेहरूमा एकजना महिला पनि सामेल छन् जो नानीहरूको आमा रहेको बताइएको छ।
प्रत्यक्षदर्शीहरू अनुसार भोर बिहान अचानक भवनको एक भाग भत्किएर भुइँमा झऱ्यो जसको चपेटमा केही मानिसहरू परे। दुर्घटनापछि स्थानीय मानिसहरू तुरून्त बचाउ कार्यमा जुटे। पुलिस र आपदा प्रबन्धन विभागलाई पनि सूचना दिइयो। सबै घाइतेहरूलाई नजिकैको अस्पतालमा भर्ती गरिएको छ।
यस घटनापछि स्थानीय मानिसहरूको भनाइ छ, भवन धेरै पुरानो र जर्जर अवस्थामा पुगिसकेको थियो जसको सिकायत पहिला पनि नगरनिगमसित गरिएको थियो, तर अहिलेसम्म कुनै ठोस कदम उठाइएको छैन।
नगरनिगम र पुलिस प्रशासनले घटनास्थलमा पुगेर स्थितिको जायजा लिएको छ। हाल राहत अनि बचाउ कार्य जारी छ। भवन परिवरीका क्षेत्रहरूलाई सुरक्षाको दृष्टिले घेराबन्दी गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा