पछिल्लो सरकारको उदासीनताले 2011-मा निर्मित फ्ल्याट्स झोपड़ीवासीहरूलाई सुम्पिइएनः रेखा गुप्ता
पछिल्लो सरकारको उदासीनताले 2011-मा निर्मित फ्ल्याट्स झोपड़ीवासीहरूलाई सुम्पिइएनः रेखा गुप्ता


नयाँ दिल्ली, 2 अगस्त (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले शनिवार सुल्तानपुरीस्थित दिल्ली विकास प्राधिकरण एवं दिल्ली शहरी आश्रय सुधार बोर्डको फ्ल्याट साइट ए-3को निरक्षण गरिन्। यस अवधि गृहमन्त्री आशिष सूद र भाजपा सांसद योगेन्द्र चाँदोलिया पनि उपस्थित थिए।

मुख्यमन्त्रीले शनिवार एक्स पोस्टमा लेखिन्, पूर्ववर्ती सरकारहरूको उदासीनता र दुर्भावनापूर्ण नीतिको कारणले वर्ष 2011मै तयार भएको फ्ल्याट्स वर्षौंसम्म त्यतिकै रहिरह्यो। अरबौं रुपियाँ खर्च भए पनि यसलाई झोपड़ीवासीहरूलाई दिइएन। उनले भनिन्, प्रधानमन्त्री नरेन्द्र मोदीको ‘सबैको साथ, सबैको विकास’- को संकल्पबाट प्रेरणा लिँदै हाम्रो सरकारले अब यस्ता 50 हजार फ्ल्याट्सको नवीनीकरण गरिरहेको छ। यहाँ बिजुली, पानी, शौचालय, सीवर एवं पार्क जस्ता सुविधाहरू उपलब्ध गराइनेछ। हाम्रो लक्ष्य हो, दिल्लीका झोपड़ीवासीहरूलाई सुरक्षित, स्वच्छ र गरिमामय जीवन प्राप्त होस्।

उल्लेखनीय छ, मुख्यमन्त्रीले एक अगस्तमा सबै सरकारी विभागहरूलाई दिल्लीका झोपड़ी बस्तीहरूलाई नहटाउने निर्देश दिइन्। उनले राजधानीको बाहिरी क्षेत्रमा वर्षौ अगाड़ि निर्मित लगभग 50 हजार घरहरूलाई सजाएर झोपड़ीवासीहरूलाई दिने निर्णय लिइएको छ।उनले भनिन्, आवश्यकता परे दिल्ली सरकारले झोपड़ी बस्तीमा निर्मित नीतिमा फेरबदल गर्नेछ र झोपड़ीवासीहरूलाई आवास बचाउनको लागि न्यायालयमा पनि जानेछन्।

मुख्यमन्त्रीले बताइन्, दिल्लीको बाहिरी क्षेत्रमा वर्षौं अगाड़ी बनिएको लगभग 50 हजार फ्ल्याट्सलाई अब गरीहरूलाई दिइनेछ। यी जर्जर र खाली फ्ल्याट्सलाी केही वर्षपूर्व जवाहरलाल नेहरू राष्ट्रिय शहरी नवीकरण मिशन (जेएनएनयूआरएम) अन्तर्गत बनाइएको थियो, तर पूर्व सरकारहरूले यसलाई आवन्टन गरेनन्। अब यी फ्ल्याट्सलाई पीएमएवाई-यू (प्रधानमन्त्री आवास योजना- शहरी) अन्तर्गत झोपड़ीवासीहरूलाई दिने निर्णय लिइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande