ममता ब्यनर्जीले पश्चिम मिदनापुर र हुगलीका बाढ़ी प्रभावित क्षेत्रहरूको दौड़ाह गर्ने
ममता ब्यनर्जीले पश्चिम मिदनापुर र हुगलीका बाढ़ी प्रभावित क्षेत्रहरूको दौड़ाह गर्ने


कोलकाता, 02 अगस्त (हि.स.) । पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीले आगामी पाँच अगस्तको दिन पश्चिम मिदनापुर र हुगली जिल्लाका बाढ़ी प्रभावित क्षेत्रहरूको दौड़ाह गरी स्थितिको जायजा लिनेछन्। एकजना वरिष्ठ अधिकारीले शनिवार उक्त आशयको जानकारी गराए।

मुख्यमन्त्रीको यो दौड़ाह पश्चिम मिदनापुर जिल्लाका घाटाल र चन्द्रकोणा तथा हुगली जिल्लाको आरामबागसम्म हुनसक्छ। त्यसपछि उनी झारग्राम तर्फ प्रस्थान हुनेछन्। भनिन्छ, आगामी दिनमा ममता ब्यनर्जीले झारग्राममा ‘भाषा आन्दोलन’ ऱ्यालीको अगुवाई गर्नेछन्।

बाढ़ीको स्थितिलाई लिएर राज्य सरकारले गम्भीर चिन्ता व्यक्त गरिसकेको छ। राज्यका सिचाई मन्त्री मानस भुइयाँले बताए, घाटाल सब-डिभीजनमा हालैमा आएको बाढ़ीबाट लगभग दुई लाख मानिसहरू प्रभावित भएका छन्। उनले आरोप लगाए, झारखण्डमा रहेको दमोदर घाटी निगम (डीभीसी)-द्वारा आफ्नो बाँधहरूबाट जल प्रबन्धनमा लापरवाही गरियो जसले गर्दा स्थिति झन् बिग्रियो। मन्त्रीले दाबी गरे, घाटालको यो बाढ़ी 1978 सालपछिको सबैभन्दा भीषण बाढ़ी हो।

बाढ़ीबाट राहत औ पुनर्वास कार्यको निगरानी गर्नको लागि मुख्यमन्त्रीको यस दौड़ाहलाई महत्वपूर्ण मानिँदैछ। प्रशासनिक स्तरमा तीव्र गतिमा तयारी गरिँदैछ। अर्कोतिर विपक्षी दलले डीभीसी र राज्य सरकारबीच समन्वयको अभावलाई लिएर प्रश्न उठाइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande