ममता ब्यनर्जीले आचार्य प्रफुल्लचन्द्र रायलाई दिइन् श्रद्धाञ्जलि
ममता ब्यनर्जीले आचार्य प्रफुल्लचन्द्र रायलाई दिइन् श्रद्धाञ्जलि


कोलकाता, 02 अगस्त (हि.स.)। आचार्य प्रफुल्लचन्द्र रायको जयन्तीको अवसरमा पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीले उनलाई भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरिन्। शनिवार एक ट्वीटमा मुख्यमन्त्रीले रसायन विज्ञान, शिक्षा, औद्योगिक विकास औ सामाजिक सुधारको क्षेत्रमा उनको अतुलनीय योगदानलाई स्मरण गर्दै उनलाई बंगालको आत्मनिर्भरताको प्रतीकको रूपमा सम्मानित गरिन्।

मुख्यमन्त्रीले भनेकी छन्, आचार्य प्रफुल्लचन्द्र राय एकजना असाधारण प्रतिभाका धनी रसायनविद, शिक्षाविद, उद्योगपति औ दूरदर्शी समाज सुधारक थिए। उनले हामीलाई यो सिकाए, विज्ञानलाई समाज अनि राष्ट्रको कल्याणको निम्ति कसरी प्रयोग गर्न सकिन्छ।

ममता ब्यनर्जीले यस कुरामाथि गर्व व्यक्त गरिन्, प्रफुल्लचन्द्र रायद्वारा स्थापित 'बंगाल केमिकल' एउटा उद्योग मात्र नभएर बंगालको आत्मनिर्भरताको एक मूर्त प्रतीक थियो। उनले भनिन्, “आचार्य भन्थे, बंगाली समाज आत्मनिर्भर तथा उद्यमशील बन्नुपर्छ। हामीले उनको स्मृतिलाई सम्मान दिनको लागि कोलकाता मेट्रोमा एउटा स्टेशनको नाम उनको नाममा रखाएका छौं जसलाई लिएर म आफूलाई सौभाग्यशाली ठान्दछु।

मुख्यमन्त्रीले अन्तमा भनिन्, आचार्य प्रफुल्लचन्द्र रायको आदर्श अनि उनको कार्यले आज पनि हामीलाई प्रेरणा दिन्छ र हाम्रो पथप्रदर्शक बनिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande