हिमाली क्षेत्रमा घना वर्षा, पैह्रोले एनएच-10 फेरि ठप्प
हिमाली क्षेत्रमा घना वर्षा, पैह्रोले एनएच-10 फेरि ठप्प


सिलगढ़ी, 2 अगस्त (हि.स)। सिक्किम-बंगालको जीवनरेखा कहलाइने राष्ट्रिय राजमार्ग-10 मा यातायात पुनः बन्द भएको छ। बितेका केही दिनदेखिको लगातार परिरहेको पानीले राष्ट्रिय राजमार्गका कतिपय ठाउँमा पैह्रो गएको समाचार प्राप्त भएको छ। आशंका छ, फेरि सड़क पूर्ण रूपले बन्द हुनसक्छ। हिमाली क्षेत्रमा पानी परिरहेको कारणले शनिवार 10 माइलको तारखोला क्षेत्रमा फेरि पैह्रो गएको छ।

फलस्वरूप सिलगढ़ीदेखि सिक्किम र सिक्किमदेखि कालेबुङसम्मको यात्रा ठप्प भएको छ। तथापि सिलगढ़ी र कालेबुङबीच वाहनहरू चलिरहेका छन्। सेतीखोलामा टिस्टा नदीले सड़कको अधिकांश भागलाई निलिसकेको छ। परिणामस्वरूप यो स्थान खतरनाक भएको छ। त्यसैले सड़क कुनै पनि समय बन्द हुनसक्छ। टिस्टाको जलस्तर पनि लगातार बढ़िरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande