नयाँ दिल्ली, 2 अगस्त (हि.स.)। दिल्ली पुलिसको क्राइम ब्राञ्चले एक हतियार फ्याक्ट्रीको खुलासा गरेको छ। पुलिसले हतियार, पाँच वटा रिसीभर तथा फ्याक्ट्रीमा हतियार बनाउने मानिसहरू सहित 6 जनालाई पक्राउ गरेको छ। आरोपीहरूबाट 18 वटा बन्दुक, हतियार बनाउँदा प्रयोग गरिने मशिन र औजारहरू जफ्त गरिएको छ।
मुख्य आरोपी बिलाल उपनाम बिल्लाबाट हतियार लिएर दिल्ली-एनसीआर लगायत अन्य क्षेत्रहरूमा हतियार सप्लाई गर्ने चारजना आरोपीहरू क्रमैले रविन्दर, मुश्ताक, पवन औ रहिशलाई पुलिसले पहिला नै पक्राउ गरिसकेको थियो। यिनीहरूसित जाँचबुझ गरिएपछि थप दुईजना आरोपीहरूलाई पक्राउ गरिएको छ जसको पहिचान डिग, भरतपुर राजस्थान निवासी बिलाल खान उपनााम बिल्ला (22) र उसको साथी साहिल (25)-को रूपमा भएको छ।
आरोपी बिलालले बितेका दुई वर्षदेखिकै हतियार बनाएर सप्लाई गर्दै आइरहेको थियो। पुलिसले आरोपीहरूसित जाँचबुझ गरी यो कुरा पत्तो लगाइरहेको छ, यिनीहरूले अहिलेसम्ममा कति हतियार सप्लाई गरिसकेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा