एसएसबीले सात जना नेपाली युवतीहरूलाई तस्करको चंगुलबाट बचायो
एसएसबीले सात जना नेपाली युवतीहरूलाई तस्करको चंगुलबाट बचायो


सिलगढ़ी, 2 अगस्त (हि.स)। भारत-नेपाल सीमामा अवस्थित पानीट्यांकी बजारबाट 41औं वाहिनी सशस्त्र सीमा बल (एसएसबी) रानीडांगाको स्पेशल पेट्रोलिंग टीमले मानव तस्करीको एउटा ठूलो ऱ्याकेटको भण्डाफोर गरेको छ। शुक्रवार एसएसबीको टीमले कारबाही गर्दै नेपालबाट तस्करी गर्ने ध्येयले भारत ल्याइरहेका सात जना नेपाली युवतीहरूलाई तस्करको चंगुलबाट मुक्त गराएको छ। यसको साथै मानव तस्करहरूलाई भारतीय सीमामा अनुप्रवेश गरिरहेको समय पक्राउ गरियो।

मुक्त गराइएका युवतीहरू नेपालको संखुवासभा जिल्लाका हुन् जसको उमेर 16 देखि 21 वर्षबीचमा रहेको छ। तस्करहरूको पहिचान जापान गुरूङ (61) र दीपेश गुरूङ (41)-को रूपमा भएको छ। जाँचमा थाहा लागे अुसार युवतीहरूलाई हंगकंग र अन्य देशहरूमा नोकरी दिलाउने नाममा लगिरहेको थियो। यसको लागि उनीहरूलाई भारतीय ठेगानामा नक्कली आधार, प्यान र भोटर कार्ड बनाएर पासपोर्ट दिलाइएको थियो। एसएसबीले युवतीहरू र दुवै तस्करलाई खोरीबाड़ी थानाको पुलिसमा सुम्पिदिएको छ। पुलिस अग्रिम कारबाहीमा जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande