बीएसएफ महिला जवानको सक्रियताले असफल भयो करोड़ौंको तस्करी, मादक पदार्थ र सुन जफ्त
बीएसएफ महिला जवानको सक्रियताले असफल भयो करोड़ौंको तस्करी, मादक पदार्थ र सुन जफ्त


कोलकाता, 02 अगस्त (हि.स.)। पश्चिम बंगालको भारत-बंगलादेश अन्तर्राष्ट्रिय सीमामा सीमा सुरक्षा बल (बीएसएफ)-ले तस्करीका दुई ठूलो प्रयासलाई असफल बनाउँदै करोड़ौं रुपियाँको मादक पदार्थ अनि सुन जफ्त गरेको छ। यस कारबाहीमा एकजना महिला जवानको सतर्कता अनि साहस विशेष रूपमा चर्चाको विषय भएको छ।

बीएसएफले शनिवार अपरान्ह जारी बयानमा बताएको छ, 71औं वाहनीको खंडुआ सीमा चौकीमा तैनाथ महिला कन्स्टेबलले गए शुक्रवार राती एक साहसिक अभियानमा मादक पदार्थको तस्करीलाई विफल बनाइदिइन्। प्राप्त जानकारी अनुसार राती लगभग 11:30 बजे महिला कन्स्टेबलले दुईजना संदिग्ध मानिसहरूलाई अन्तर्राष्ट्रिय सीमा तर्फ बढ़िरहेको देखिन्। तर तस्करहरूले चेताउनीलाई बेवास्ता गर्दै अगाड़ि बढ़्न छोड़ेनन्।

स्थितिको गम्भीरतालाई बुझेर महिला कन्स्टेबलले आफ्नो पीएजी राइफलबाट हवाई फायर गरिन् जसबाट डराएर तस्कर नजिकैको गाउँ रानी नगर तर्फ भाग्यो। त्यसपछि जवानले क्षेत्रमा गहन खोजी अभियान संचालन गरिन् जसमा दुईवटा ठूलो बण्डल भेटियो। यी बण्डलहरूको जाँच गर्दा मेथाक्वालोन (1 किलो 30 ग्राम), कोडिन (7 किलो 120 ग्राम) औ ब्रुसिन एनहाइड्रसको 10 डब्बा (प्रत्येक 25 ग्राम) भेटियो। यी मादक पदार्थहरूको अनुमानित मूल्य 3 करोड़ 80 लाख 45 हजार 960 रुपियाँ रहेको छ। तस्करहरूको पहिचान र नेटवर्कको बारेमा पत्तो लगाउनको लागि जाँच जारी छ।

घोजाडांगामा सुनको तस्करी पनि असफल-सोही दिन अर्को कारबाहीमा बीएसएफको 102औं वाहिनीको घोजाडांगा सीमा चौकीका जवानहरूले गुप्त सूचनाको आधारमा एकजना तस्करलाई मोटरसाइकल सहित समाते। जाँच गर्दा 466.290 ग्राम वजन भएको तीनवटा सुनको बिस्कुट जफ्त गरियो जसको बजार मूल्य अनुमानित 46 लाख 94 हजार 794 रुपियाँ रहेको बताइएको छ। बीएसएफले जफ्त गरिएका सबै मादक पदार्थ अनि सुनलाई आवश्यक कारवाहीको लागि सम्बन्धित एजेन्सीलाई सुम्पिदिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande