नयाँ दिल्ली, 2 अगस्त (हि.स.)। दक्षिण पश्चिम जिल्लाको वसन्त विहार थाना पुलिसले हत्या गर्ने प्रयास गरिएको मामिलामा दुईजना आरोपीहरूलाई पक्राउ गरेको छ। आरोपीहरूको पहिचान ओखला विहार निवासी अबुजैर साफी (30) तथा तुगलकाबाद एक्सटेन्शन निवासी अमनको रूपमा भएको छ। पुलिसले यिनीहरूको कब्जाबाट घटनामा प्रयोग गरिएको देशी बन्दुक र एउटा बाइकलाई जफत गरेको छ।
दक्षिण पश्चिम जिल्लाका डीसीपी अमित गोयल अनुसार गत 30 जुलाईको राति लगभग 9:49 बजी पीसीआर कल प्राप्त भयो जसमा भनियो, पूर्वी मार्ग रेड लाइट नजिक गोली चल्यो। सूचना पाउनसाथ एसआई प्रशान्त दलबल सहित घटनास्थलमा पुग्दा त्यहाँ एउटा अटोलाई देखे। अटो चालक रञ्जीत यादवले बताए, एकजना महिला सवारीलाई गोली लागेको थियो जसलाई पीसीआरपूर्व नै एम्स ट्रमा सेन्टरमा लगिसकिएको छ। पुलिसको टीम अस्पतालमा पुग्यो। जाँचमा थाहा लाग्यो, घाइते महिला सफदरजंगकी बासिन्दा हुन् जो गीतााञ्जलि सैलून, बसन्त लोकमा हेड म्यानेजरको रूपमा कार्यरत छन्। महिलाले बयान दिइन्, आफू अटोमा बसेर फोनमा बातचित गरिरहेको समय एउटा कालो मोटरसाइकलमा सवार दुईजना युवकहरू पछाड़िबाट आए। बाइक चालक अबुजैर साफीले उमाथि गोली चलायो जुन उसको छात्तीमा लाग्यो।
मामिलालाई गम्भीर रूपमा लिएर वसन्त विहार थाना प्रभारी इन्स्पेक्टर राकेश कुमारको नेतृत्वमा एक विशेष टीम गठन गरियो। टीमले सीसीटीभी फुटेज, सोशल मीडिया ट्र्याकिंग र तकनिकी निगरानीको माध्यमबाट दुवै आरोपीलाई चिन्हित गऱ्यो। त्यसपछि पुलिस टीमले गत 31 जुलाईमा आरोपी अमन सुखलालाई पक्राई गरी उसको कब्जाबाट घटनामा प्रयोग गरिएको बाइकलाई जफत गऱ्यो। त्यसपछि गए 1 अगस्तमा मुख्य आरोपी र गोली चलाउने अबुजैर साफीलाई पनि स्थानीय सूचना तथा तकनिकी सर्भिलान्सको आधारमा पक्राउ गरियो जसको कब्जाबाट एउटा देशी बन्दुक जफत गऱ्यो। पुलिस जाँचमा यो तथ्य पनि सामु आएको छ, पीड़िताविरूद्ध मालवीय नगर थानामा दुष्कर्मको मामिला दर्ता गरिेको छ र सोही मामिलामा अबुजैर साफी पनि आरोपी हो। त्यसैले दुई मामिलामाझको सम्बन्ध र हमलाको पछाड़िको कारण पत्तो लगाउन जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा