‘हाम्रो पाड़ा, हाम्रो समाधान’ योजना अन्तर्गत पश्चिम बंगालमा शुरू हुनेछ 27 हजारभन्दा अधिक सेवा शिविर, 16 प्रकारको सेवा प्रदान गरिनेछ
‘हाम्रो पाड़ा, हाम्रो समाधान’ योजना अन्तर्गत पश्चिम बंगालमा शुरू हुनेछ 27 हजारभन्दा अधिक सेवा शिविर, 16 प्रकारको सेवा प्रदान गरिनेछ


कोलकाता, 2 अगस्त (हि.स.)। पश्चिम बंगाल सरकारले राज्यभरि नै आज अर्थात शनिवारदेखि ‘हाम्रो पाड़ा, हाम्रो समाधान’ योजना शुरू गरिरहेको छ। यस अभियान अन्तर्गत सरकारले 16 प्रकारको नागरिक सेवा सोझै मानिसहरूको ढोकासम्म पुग्नेछ। यो कार्यक्रम आगामी 3 नोभेम्बरसम्म चल्नेछ।

यस योजना अन्तर्गत राज्यको प्रत्येक ब्लक, गाउँ औ शहरी क्षेत्रमा शिविर राखिनेछ। एक जना वरिष्ठ अधिकारीले बताए, 80 हजारभन्दा अधिक बूथहरूमा लगभग 27 हजार केन्द्र स्थापना गरिनेछ। प्रत्येक केन्द्रले तीन वटा बूथहरूलाई कभर गर्नेछ। यी केन्द्रहरूमा नागरिकहरूले आफ्नो समस्या स्वयं दर्ता गराउन सक्नेछन्, कुनै बिचौलीको आवश्यकता पर्नेछैन।

राज्य सरकारले स्पष्ट पारेको छ, सबै सिकायत तथा अनुरोधहरूलाई डिजीटल माध्यमबाट दर्ता गरिनेछ ताकि कारबाहीमा पारदर्शिता कायम रहोस्। सम्बन्धित विभागहरूलाई नागरिकहरूबाट प्राप्त सिकायतको आधारमा तत्काल कारवाही गर्ने निर्देश दिइएको छ। साथै स्थानीय प्रशासनलाई प्रत्येक सिकायतको विस्तृत रेकर्ड संकलन गर्नको लागि भनिएको छ।

जल निकासीदेखि लिएर सार्वजनिक परिवहनसम्म 16 वटा सेवा हुनेछ-

यस अभियान अन्तर्गत नागरिकहरूलाई उपलब्ध गराइने सेवाहरूमा जल निकासी व्यवस्था, आईसीडीएस केन्द्र औ प्राथमिक स्कूलहरूको विकास, तलाउहरूको सफाई, फोहोर प्रबन्धन, बजार क्षेत्रहरूको रखरखाउ, सार्वजनिक परिवहन, शहरी हरित क्षेत्रको विस्तार तथा सड़क मरम्मत सामेल छन्।

सरकारले यस कार्यक्रमलाई आफ्नो अर्को प्रमुख योजना ‘दुआरे सरकार’-सित समन्वित रूपमा संचालन गर्ने निर्णय लिएको छ। आगामी दुई महिनासम्म दुवै योजना समानन्तर रूपमा संचालित हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande