साम्बामा सेनाको शिविरभित्र बेवारिस ड्रोन भेटियो, विहेको फोटोग्राफीको लागि प्रयोग गरिएको आशंका
साम्बामा सेनाको शिविरभित्र बेवारिस ड्रोन भेटियो, विहेको फोटोग्राफीको लागि प्रयोग गरिएको आशंका


जम्मू, 2 अगस्त (हि.स.)। जम्मू सम्भागको साम्बा जिल्लामा अवस्थित एक सैन्य शिविरभित्र एउटा बेवारिस सानो ड्रोन भोटियो जसलाई लिएर सन्देह व्यक्त गरिएको छ, यसको प्रयोग विहेको फोटोग्राफीको लागि गरिएको थियो। अधिकारीहरूले शनिवार यस आशयको जानकारी गराए।

अधिकारीहरूले बताए, गए शुक्रवार अबेर राती केही सैन्यकर्मीहरूले बडी ब्राह्मणा सैन्य शिविरभित्र आपूर्ति डिपो नजिक एउटा ड्रोनलाई भुइँमा लड़िरहेको देखे।

प्रारम्भिक जाँचमा थाहा लागे अनुसार ड्रोनको प्रयोग नजिकै आयोजित एक विवाह समारोहको निम्ति गरिएको हुनसक्छ जसले शिविरभित्र उत्रिनअघि नै नियन्त्रण गुमायो। अधिकारीहरूले बताए, ड्रोनको जाँच गर्नको लागि स्थानीय पुलिस थानालाई सुम्पिइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande