सोनादा क्षेत्रका पूर्व डब्ल्युबीसीएस अफिसर एवं पूर्व कार्यकारी मजिस्ट्रेट भूषण शेर्पाको निधन
सोनादा क्षेत्रका पूर्व डब्ल्युबीसीएस अफिसर एवं पूर्व कार्यकारी मजिस्ट्रेट भूषण शेर्पाको निधन


सोनादा, 02 अगस्त (हि.स.)। सोनादा एचसी रोड निवासी एक अवकाशप्राप्त उच्च पदस्थ अधिकारी (डब्ल्युबीसीएस) तथा पूर्व कार्यकारी मजिस्ट्रेट स्व भूषण शेर्पाको असमायिक निधन भएको छ।‌ उनको निधन शुक्रबार राति 9:30 बजीतिर भएको जानकारी प्राप्त भएको छ। उनको निधनले सम्पूर्ण सोनादा क्षेत्र नै शोकाकुल बनेको छ।

उनी कालचिनी खण्डका अवकाशप्राप्त खण्ड विकास अधिकारी थिए भने उनले जयगाउँ विकास अथोरिटीका एईओको रुपमा पनि आफ्नो सेवा प्रदान गरेका थिए। उनी शेर्पा गुम्बा कमिटी वेलफेयर सोसाइटीका सचिव पनि थिए। उनको निधनले सम्पूर्ण सोनादावासीले एक प्रशासनिक व्यक्तित्व मात्र नभएर एक असल, मिलनसार, सहृदयी अनि सहयोगी व्यक्ति गुमाएको बताइएको छ।

उनको शवयात्रा आगामी 4 अगस्त सोमवारको दिन बिहान 7 निकालिने तय भएको पारिवारिक स्रोतले जनाएको छ। उनले आफु पछि आमा, पत्नी, छोरी, छोरा अनि नाति छोडि गएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande