गान्तोक, 02 अगस्त (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किममा तिमी नामफिङ निर्वाचन क्षेत्र अन्तर्गत बेन काब्रेबाट 17 परिवार सामेल भएको दाबी गरिएको छ। पार्टी उपाध्यक्ष विकास शर्माको अगुवाईमा आज आयोजित एक कार्यक्रममा नयॉं सदस्यहरू पार्टीमा आधिकारिक रूपमा सामेल भएको सीएपीले विज्ञप्तिमा बताएको छ। कार्यक्रममा पार्टीका वरिष्ठ नेतृत्वहरूको उपस्थिति रहेको थियो।
विज्ञप्ति अनुसार, कार्यक्रममा उत्साहजनक सहभागिता देखियो र सिक्किमको लागि पार्टीको सुधार-सञ्चालित दृष्टिकोणमा जनताको बढ्दो विश्वास पुन: पुष्टि भयो। नयाँ सामेल भएका सदस्यहरूलाई पार्टीमा न्यानो स्वागत गरियो, जो पारदर्शिता, जवाफदेहिता र तल्लो तहको सशक्तिकरणप्रति साझा प्रतिबद्धताको प्रतीक हुन्। सीएपी सिक्किमले जीवनको सबै क्षेत्रका नागरिकहरूको सक्रिय सहभागिताद्वारा सञ्चालित न्यायपूर्ण र समावेशी सिक्किम निर्माण गर्न समर्पित रहेको प्रतिबद्धता व्यक्त गरेको छ।
हिन्दुस्थान समाचार / बिशाल