छत्तीसगढ़मा मानव तस्करी र मतान्तरणको आरोपमा पक्रा परेका दुवै कैथोलिक ननले पाए जमानत
नन


बिलासपुर, 02 अगस्त (हि.स.)। छत्तीसगढ़मा दुर्गबाट पक्राउ गरिएका दुवै कैथोलिक ननहरूलाई एनआईए न्यायालयले ठूलो राहत दिएको छ। बिलासपुरको एनआईए न्यायालयमा भएको सुनवाईमा अदालतले उनीहरूको जमानत याचिकालाई स्वीकार गर्दै उनीहरूलाई जमानत दिएको छ। दुवै पक्षको दलील सुनेपछि न्यायालयले जमानत दिने फसेला दिएको छ।

शुक्रवार एनआईए न्यायालयमा 2 कैथोलिक ननहरू प्रीति मैरी र वन्दना फ्रान्सिसको जमानत याचिकामा सुनवाई भएको थियो। अभियोजनले जमानतको विरोध गऱ्यो भने बचाउ पक्षले भन्यो, ननहरूले जाँचमा सहयोग गरेका छन् र उनीहरू विरूद्ध कुनै ठोस साक्ष्य छैन। दुवै पक्षको दलील सुनेपछि प्रधान जिल्ला एवं सत्र न्यायाधीश (एनआईए कोर्ट) सिराजुद्दीन कुरैशीको अदालतले फसेला सुरक्षित राखेको थियो। शनिवार कोर्टले आफ्नो फसेला सुनाउँदै दुवै ननलाई जमानत दिएको छ।

उल्लेख्य, गत 25 जुलाईमा मानव तस्करीको आरोपहरूमा दुवै ननलाई दुर्ग रेलवे स्टेशनबाट पक्राउ गरिएको थियो। यस गिरफ्तारीलाई लिएर संसदमा पनि हंगामा भएको थियो। भाजपा र कांग्रेसको तर्फबाट यस मामिलामा लगातार बयानबाजी शुरू भएको छ। ननहरूको रिहाईको माग लिएर वामपन्थी महिला नेता वृन्दा करात सहित धेरै सांसद केरलबाट छत्तीसगढ़ पनि पुगेका थिए।

कांग्रेस प्रदेश अध्यक्ष दीपक बैजले भनेका थिए, राज्यको साय सरकार आफ्नो विफलतहरूलाई लुकाउन ननहरूलाई पक्राउ गरेको छ जबकि भाजपाले यसलाई कानून मुताबिक र मानव तस्करी विरूद्ध कारबाही बताएको थियो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande