कुटपीटको भीडियो भाइरल भएपछि भाजपा भयो हमलावर
कोलकाता, 04 अगस्त (हि.स.)। दक्षिण कोलकाता स्थित प्रसिद्ध रवीन्द्र सरोवर नजिक आइतवार साझँ केही मुस्लिम युवतीहरूले 'अल्लाह हू अकबर' को नारा लगाउँदै एक हिन्दू युवतीद्वारा पनि यो नारा भन्न बाध्य गर्ने प्रय़ास गरे। यसको विरोध गर्दा युवतीसित कुटपिट पनि गरियो। यस घटनाको एउटा भीडियो सोशल मीडियामा भाइरल भएपछि बंगालको राजनीतिमा हलचल मचेको छ। यद्यपि, यस भीडियोको आधिकारिक पुष्टि हुनसकेको छैन र हिन्दुस्थान समाचारले पनि यसको पुष्टि गर्दैन।
यस दुई मिनट 9 सेरेन्डको भाइरल भीडियोमा एक युवतीले दाबी गरिन् कि आइतवार साझँ उ आफ्ना केही साथीहरूको साथ रवीन्द्र सरोवर घुम्न गएकी थिइ। त्यहाँ मुस्लिम समुदायको एक समूहले धार्मिक नारा लगाउनु शुरू गऱ्यो र उनीहरूलाई पनि यस्तो गर्नु भन्यो। युवतीले अस्वीकार गर्दा उसित कथित रूपमा कुटपिट गरियो, जसपछि दुवै पक्षमा बहस र भनावैरी भयो। भीडियोमा युवतीले सोध्छिन्, हामी कहाँ बसिरहेका छौं ? के यो बांग्लादेश हो ? के हामी ढाकुरिया लेक पनि जान सक्दैनौं ?
यस भीडियोमाथि प्रतिक्रिया दिँदै मेघालयका पूर्व राज्यपाल तथागत रोयले सोशल मीडियामा लेखेका छन्, गम्भीरताले पूरा भीडियो हेर्नुहोस्। आफ्नो ज्यान, सम्मान र सबैभन्दा बढ़ी हिन्दू अस्मिताको रक्षाको निम्ति घृणा गर्नु सिक्नुपर्नेछ। कम्युनिस्ट वर्गले संघर्षको घृणा सिकाउँछ, मुसलमान गैर-मुस्लिम र मूर्ति-पूजकहरूप्रति घृणा सिकाउँछ। यसको प्रतिकार पनि प्रतिघृणाबाटै हुनसक्छ, गान्धीवादी नपुंसक अहिंसाले होइन।
भारतीय जनता पार्टी (भाजपा) का प्रवक्ता देवजीत सरकारले पनि भीडियो साझा गर्दै भनेका छन्, अखिल भारतीय तृणमूल कांग्रेस (तृणमूल कांग्रेस) को शासनमा मिनी पाकिस्तानमा तपाईको स्वागत छ। कोलकाताका मेयरले अगावै अलर्ट गरिसकेका थिए कि यो शहर मिनी पाकिस्तान बन्दै गइरहेको छ, आधा राज्यमा ऊर्दू बोलिँदैछ। आइतवार साझँ एक युवतीले ढाकुरियामा यसको सामना गरिन्- एक सार्वजनिक स्थानमा जेहादी नाराबाजीको विरोध गर्दा उसलाई लक्षित गरियो।
यस घटनाक्रममा अहिलेसम्म कोलकाताको पुलिसको तर्फबाट कुनै आधिकारिक बयान अघि आएको छैन तर सोशल मीडियामा मामिलालाई लिएर मानिसहरूको तीखो प्रतिक्रिया देखिँदैछ। धेरैले घटनाको निष्पक्ष जाँच र दोषीहरू विरूद्ध कड़ा कारबाहीको माग गरेका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी