तामुलपुर, 04 अगस्त (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले कांग्रेस नेता राहुल गान्धीमाथि तीखो हमला गर्दै उनलाई भारत विरोधी बताए औं उनको सोच भारतीय मूल्यहरूको सट्टा पाकिस्तान र बांग्लादेशको मानसिकतासित मेल खाएको आरोप लगाए।
मुख्यमन्त्रीले सोमवार बोडोल्याण्ड टेरिटोरियल लीजन (बीटीआर) को तामुलपुरमा भाजपाको एक चुनावी ऱ्यालीलाई सम्बोधित गर्दै भने, राहुल गान्धी भारतको हिन्दूहरू र मुसलमानहरूको साथ छैनन्। उनी भारतको साथ छैनन्।
यो बयान त्यस समय आयो जब भाजपाले ‘बीजेपी फर प्रोग्रेसिव बीटीआर’ नामक अभियान अन्तर्गत बीटीआर क्षेत्रका चार जिल्ला- कोकराझाड़, बाक्सा, चिरांग र उदालगुड़ीमा सघन जनसम्पर्क गरिरहेको छ। यस चुनावी अभियानको अगुवाई स्वयं मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमा र प्रदेश भाजपा अध्यक्ष दिलीप सैकियाले गरिरहेका छन्।
मुख्यमन्त्रीको बयानको समर्थन गर्दै अन्य भाजपा नेताहरूले कांग्रेसमाथि सीएए र बेदखली अभियानको विरोध गरिरहेका अतिक्रमणकारीहरूलाई प्रोत्साहित गरेको र क्षेत्रमा अस्थिरता फैलाएको आरोप लगाए। पार्टीको सख्त बेदखली नीतिलाई विशेष रूपमा अतिक्रमण प्रभावी क्षेत्रहरूमा व्यापक जनसमर्थन प्राप्त भइरहेको छ।
उदालगुड़ी जिल्लामा मुख्यमन्त्रीको रोड शो मा भारी भीड़ लाग्यो। सोही अवधि उनलाई नागरिक अधिकार सुरक्षा मंच जस्ता संगठनहरू र हास्य कलाकार बुलबुल शर्माको समर्थन पनि प्राप्त भयो, जसले भाजपाद्वारा स्थानीय मानिसहरूको अधिकारहरूलाई लिएर उठाइरहेको मागहरूको समर्थन गरे।
भाजपाले आगामी 7, 12 र 13 अगस्तमा बीटीआरको 12 परिषद सीटहरूमा बैठक तय गरेको छ। यस बाहेक धुबड़ी र ग्वालपाड़ामा पनि चुनावी कार्यक्रम प्रस्तावित छ।
भाजपाले यी चुनाउहरूलाई कानून-व्यवस्था र मूलनिवासीहरूको अधिकारहरूलाई लिएर जनमत संग्रहको रूपमा हेरिरहेको छ र अवैध अतिक्रमण विरूद्ध आफ्नो नीतिलाई चुनावी मुद्दा बनाइरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी