नयाँ दिल्ली, 04 अगस्त (हि.स.)। संसदको मनसून सत्रको 11औं दिन सोमवार लोकसभाको कारबाही विपक्षको व्यवधानको कारण पहिले दुई बजी र पछि दिनभरिको निम्ति स्थगित गरियो। सरकारले आज सदनमा खेलहरूसित सम्बन्धित विधेयक ल्याएको थियो। लोकसभामा दिउँसो कारबाही शुरू हुँदा पीठासीन अधिकारी जगदम्बिका पालको तर्फबाट खेलसित सम्बन्धित विधेयक पारित गर्नमा सहयोगको अपील गरियो।
संसदीय कार्यमन्त्री किरण रिजिजूले पनि यही आग्रह गरे। उनले भने, विपक्षले कार्य मन्त्रणा समितिको बैठकमा दुई दिन खेलसित जोड़िएको विधेयकमाथि चर्चा गर्नमा सहमति दिएको थियो तर आज सदनमा आएर हंगामा गरिरहेको छ। खेल मन्त्री मनसुख मान्डवियाले पनि विधेयकको महत्वलाई रेखांकित गर्दै यिनीहरूलाई पारित गराइने अपील गरे। यद्यपि, हंगामा जारी रह्यो र कारबाही दिनभरिको निम्ति स्थगित गरियो।
सोहीबीच पीठासीन अधिकारीले सदनलाई सूचित गरिन् कि सदस्य आर सुधाले अध्यक्ष ओम बिरलालाई भेटेकी थिई। उनले दिल्ली पुलिसलाई उनको मामिलामा कारबाही गर्नलाई भनेका छन्। सदनकी सदस्य आर सुधा बिहान मर्निङ वकमा गएको समय दूई स्कूटी सवार बदमाशहरूले उनको सुनको चेन खोसेर भागे।
उल्लेख्य, आज मनसून सत्रको शुरूआतमा अहिलेसम्म केवल अपरेशन सिन्दूर र मणिपुरमा राष्ट्रपति शासन बढ़ाइनुसंग सम्बन्धित प्रस्तावहरूमै चर्चा हुनसकेको छ। यस बाहेक अन्य कुनै विधेयक पारित गरिएको छैन।
अर्कोतिर, आज राज्यसभा आफ्नो वर्तमान सदस्य झारखण्डका पूर्व मुख्यमन्त्री शिबू सोरेनको निधनको कारण दिनभरिको निम्ति स्थगित गरियो। उनको निधनमा सोमवार राज्यसभामा दुई मिनटको मौन राखियो र उनलाई श्रद्धाञ्जलि दिइयो। यसपछि सदनको कारबाही मंगलवार 11 बजीसम्मका लागि स्थगित गरियो।
हिन्दुस्थान समाचार / भवानी थामी