विशेष आवश्यकता भएका बालबालिकाहरूका लागि मेगा स्क्रिनिङ क्याम्प सम्पन्न
विशेष आवश्यकता भएका बालबालिकाहरूका लागि मेगा स्क्रिनिङ क्याम्प सम्पन्न


गेजिङ, 02 अगस्त (हि.स.)। गेजिङ जिल्ला अन्तर्गत चोङराङ ब्लक शिक्षा कार्यालयले शुक्रवार टाशीडिङ उच्चतर माध्यमिक विद्यालयमा विशेष आवश्यकता भएका बालबालिकाहरूका लागि मेगा स्क्रिनिङ क्याम्प सफलतापूर्वक आयोजन गऱ्यो।

यो विशेष पहल राष्ट्रिय शिक्षा नीति (एनईपी) 2020 को पाँचौं वार्षिकोत्सवको उपलक्ष्यमा समग्र शिक्षा अन्तर्गत आयोजना गरिएको थियो। समग्र शिक्षा, गान्तोकद्वारा वित्त पोषित उक्त कार्यक्रमको आयोजना स्वास्थ्य विभाग, महिला, बालबालिका, वरिष्ठ नागरिक एवं दिव्याङ्गजन कल्याण विभाग, सीआरसी सिक्किम र शिक्षा विभाग, गेजिङले गरेको बताइएको छ।

शिविरको उद्देश्य ब्लकभरिका विशेष आवश्यकता भएका बालबालिकाहरूको लागि व्यापक पहिचान र स्वास्थ्य मूल्याङ्कन प्रदान गर्नु थियो। शिविरमा विभिन्न विद्यालयका 16 जना विद्यार्थीहरूले भाग लिएका थिए र 4 जना विद्यार्थीहरूलाई विशेष अपाङ्गता भएका रूपमा पहिचान गर्दै प्रारम्भिक हस्तक्षेप र सहयोग सुनिश्चित गरिएको थियो।

गेजिङ जिल्ला अस्पतालका अनुभवी चिकित्सकहरूको टोलीले यस महान कार्यमा सेवा पुऱ्याएका थिए। यस अवसरमा कोङ्ग्री टाशीडिङ जिल्ला पञ्चायत सदस्य बिरेन्द्र गुरुङ, टाशीडिङ विद्यालयका प्रधानाध्यापक ताराप्रसाद दाहाल, एईओ चोङराङ पुर्णिमा कार्की, सीआरसी समन्वयक हरिप्रसाद शर्मा, एमआईएस समन्वयक निर्मला र विशेष शिक्षक मनुका राई उपस्थित थिए।

ब्लक ​शिक्षा कार्यालयले विशेषज्ञ चिकित्सा टोलीलाई उनीहरूका समर्पित सेवा, विद्यालयका कर्मचारीहरू, अभिभावकहरू र हितधारकहरूप्रति आभार प्रकट गरेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande