देवघरको बाबा बैद्यनाथ धाममा अहिलेसम्म 44 लाखभन्दा अधिक श्रद्धालुहरूले जलार्पण गरे
बाबा


देवघर, 02 अगस्त (हि.स.)। सावन महिनामा देवघरको विश्व प्रसिद्ध बाबा बैद्यनाथ धाममा लगातार श्रद्धालुहरूको भीड़ जमा भइऱहेको छ। शनिवार बिहानै 4.09 बजीदेखि मन्दिरको पट खोलिनसाथ जलार्पण शुरू भयो।

जिल्ला प्रशासन अनुसार, सावन मेलामा अहिलेसम्म कूल 44 लाख एक हजार 85 श्रद्धालुहरूले बाबा बैद्यनाथमा जलार्पण गरेका छन्। देशको हरेक कुना र विदेशबाट पनि भक्त भोलेनाथलाई जलार्पण गर्न आइऱहेका छन्।

कांवड़ीहरू सुल्तानगंजबाट जल लिएर 105 किमीको पैदल यात्रा गरी देवघरको बाबा बैद्यनाथ थाम पुगेर जलार्पण गर्छन्।

सुरक्षाको ठोस व्यवस्था

एसपी अजीत पीटर डुंगडुंगले बताए, देवघरको कुना-कुनामा सुरक्षाको ठोस व्यवस्था गरिएको छ। बाबा बैद्यनाथ धाम स्थित पूरा मेला क्षेत्रमा दण्डाधिकारी र पुलिस बलको तैनाती गरिएको छ। सुरक्षामा एटीएस, जिल्ला बल, सीआरपीएफ, एनडीआरएफको टीम मेला क्षेत्रमा प्रतिनियुक्त छन्।

दानपात्रमा भेटियो नेपाली र अमेरिकी डलर

बाबा मन्दिर प्रांगण स्थित 18 दानपात्रलाई मन्दिर प्रशासनको देखरेखमा खोलियो। गन्तीपछि दानपात्रबाट कूल आय 18,92,047 रूपियाँ बाहेक नेपाली नगदी र अमेरिकन डलर दान स्वरूप प्राप्त भयो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande