नकली शैम्पू बनाउने फ्याक्ट्रीको पर्दाफास, नौ पक्राउ
नकली शैम्पू बनाउने फ्याक्ट्रीको पर्दाफास, नौ पक्राउ


सिलगढ़ी, 02 अगस्त (हि.स.)। पश्चिम बंगालको सिलगढ़ीमा पुलिसले शनिवार गुप्त सूचनाको आधारमा नकली केमिकल फ्याक्ट्रीको पर्दफास गरेको छ। जहाँ सिलगढ़ी पुलिसले छापामारी गरी नौ जनालाई लाखौं रूपियाँभन्दा अधिकको समानको साथ पक्राउ गरेको छ। यिनीहरूले ब्रान्डेड शैम्पूको बोतलहरूमा नकली उत्पाद बेचिरहेका थिए। यो फ्याक्ट्री सिलगढ़ी नगर निगमको वार्ड नम्बर छहको डांगीपाड़ा संलग्न खुरेशी मोहल्ला क्षेत्रमा चलिरहेको थियो। पक्रा पर्नेहरूमा उस्मान, चान्द बाबू, साहेल खान, रोहित, साहा जान, बिकी खान, साहिल, टीटू र समीर सामेल छन्। यी सबै उत्तर प्रदेशको निवासी हुन्।

यस गिरोहको मुखिया आगरा निवासी जहांगीर खान हो। यस अगाड़ी उसले पटनामा पनि यस्तो किसिमको मिलावटी कारोबार चलाइरहेको थियो। पछि उसले सिलगढ़ी आएर अवैध कारोबार शुरू गऱ्यो। आरोपीहरूले कही दिन अगाड़ी मात्र क्षेत्रमा आए औं एउटा घर भाड़ामा लिएर फ्याक्ट्री लगाए। दिल्लीबाट विभिन्न प्रसिद्ध ब्रान्डहरूको खाली बोतलहरू, प्याकेट र रंगीन तरल पदार्थ ल्याइन्थ्यो र फेरि त्यसलाई रंगहरूमा मिस्याएर एक प्रसिद्ध कम्पनीको शैम्पूको प्याकेट बनाइन्थ्यो। र फेरि त्यसलाई बजारमा बेच्नका लागि पठाइन्थ्यो। सूचना पाएपछि पुलिसले छापा मारेर फ्याक्ट्रीबाट भारी मात्रामा मिलावटी शैम्पू, खाली बोतलहरू, प्रसिद्ध ब्रान्डहरूको प्याकेट र रसायन जफत गऱ्यो। सिलगढ़ी थाना पुलिसले पूरा मामिलाको जाँच शुरू गरेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande