संदिग्ध परिस्थितिमा किसानले गऱ्यो आत्महत्या
संदिग्ध परिस्थितिमा किसानले गऱ्यो आत्महत्या


उरई, 02 अगस्त (हि.स.)। उत्तर प्रदेशमा जालौन जिल्लाको रामपुरा थाना क्षेत्र स्थित एक गाउँमा किसानले संदिग्ध परिस्थितिमा आत्महत्या गऱ्यो। शनिवार बिहान किसानको शव नीमको रूखमा झुण्डेको भेटियो। सूचना पाएर घटनास्थलमा पुगेको पुलिस अघिको कारबाहीमा जुट्यो।

क्षेत्राधिकारी राम सिंहले बताए, धुता गाउँ निवासी कृपाल सिंह (65) को शव नीमको रूखमा प्लास्टिकको डोरीमा झुण्डेको थियो। परिजनहरूको सूचनामा घटनास्थलमा पुगेको पुलिसले शवलाई आफ्नो कब्जामा लिएर जाँच शुरू गऱ्यो। कृपाल सिंह अविवाहित र आफ्नो दाज्यूको साथ बस्थ्यो।

मृतकको दाज्यूले यस घटनामा गहिरो दुःख व्यक्त गर्दै भने, कृपाल सिंह कुनै तनाउमा थिएन न त उसले पहिले आत्महत्याबारे कुरा गरेको थियो। उनले सन्देह व्यक्त गरे कि कतै कुनै बाहिरी दबाउ वा धम्कीको कारण उसले यस्तो कदम त उठाएको होइन ? परिवारले पुलिससित घटनाको गहन जाँच गर्ने र उक्त व्यक्तिसित सोधपुछ गर्ने माग गरेको छ, जसको साथ कृपाल सिंहको विवाद भएको थियो।

सीओ राम सिंहले बताए, शवलाई पोस्टमार्टमको निम्ति पठाएर मामिलाको जाँच गरिँदैछ। यदि कसै विरूद्ध आपराधिक प्रवृत्तिको कुनै साक्ष्य भेटिए कारबाही गरिनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande