गुवाहाटी, 2 अगस्त (हि.स.)। विज्ञान भारती- को तत्वावधानमा शनिवार गुवाहाटीस्थित बामुनी मैदानको असम प्रदूषण नियन्त्रण परिषद सभागारमा राष्ट्रिय स्तरमा आयोजना गरिने विज्ञान आधारित प्रतिभा खोज परीक्षासित सम्बन्धित एक समृद्ध जानकारीयुक्त पत्रिकाको विमोचन गरियो।
यस कार्यक्रमको आयोजन विज्ञान भारतीको उत्तर-पूर्व शाखा नर्थ ईस्ट साइन्स मुभमेन्ट- द्वारा असम राज्य बाल अधिकार संरक्षण आयोग औ असम प्रदूषण नियन्त्रण परिषद- को संयुक्त सहयोगमा गरियो।
यस अवसरमा विज्ञान भारतीका राष्ट्रिय सचिव एवं नेशनल इनोभेशन फाउण्डेशनका निदेशक अरविन्द रानाडेले भने, यो ेउटा परीक्षा मात्र नभएर विद्यार्थीहरूमाझ विज्ञानप्रति रूचि अनि वैज्ञानिक सोचलाई बढ़ाउने एउटा प्रयास हो।
कार्यक्रममा कटन र प्रागज्योतिष विश्वविद्यालयका कुलपति डा. रमेश चन्द्र डेका, डा. स्मृति कुमार सिन्हा, गौहाटी विश्वविद्यालयका प्रोफेसर डा. माधुर्य बोरा सहित केही प्रतिष्ठित हस्तिहरू, शहरका अग्रणी शिक्षण संस्थानहरूका प्राचार्य औ शिक्षकहरूले भाग लिएर आफ्नो विचार साझा गरे।
कार्यक्रमको अध्यक्षता असम प्रदूषण नियन्त्रण परिषदका अध्यक्षले गरे भने असम राज्य बाल अधिकार संरक्षण आयोगका सदस्य फनिन्द्र बुजरबरूवाले अतिथिहरूलाई स्वागत गरी आयोजनको सराहना गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा