पूर्वी सिंहभूम, 02 अगस्त (हि.स.)। झारखण्डका शिक्षा मन्त्री रामदास सोरेन घोड़ाबान्धा स्थित आफ्नो आवासमा शनिवार अचानक बाथरूममा चिप्ले, जसमा उनी गम्भीर रूपमा घाइते भए। घटनापछि उनलाई तुरन्तै जमशेदपुर स्थित टाटा मोटर्स अस्पतालमा भर्ती गराइयो, जहाँ जाँचमा उनको टाउकोमा गम्भीर चोट र ब्रेनमा ब्लड क्लट भएको पुष्टि भयो। अवस्था गम्भीर हुँदा उनलाई उत्तम उपचारको निम्ति एयर एम्बुलेन्समा दिल्लीको मेदान्ता अस्पताल रेफर गरिएको छ।
मन्त्री रामदास सोरेनको स्वास्थ्यलाई लिएऱ झारखण्डका स्वास्थ्य मन्त्री डा. इरफान अन्सारीले सोशल मीडिया एक्समा चिन्ता व्यक्त गर्दै लेखेका छन्, रामदास सोरेनको ब्रेनमा चोट लागेको छ र ब्लड क्लट भएको छ, जस कारण उनलाई दिल्ली लगिँदैछ। अहिले डाक्टरहरूको विशेष टीमले उनको निगरानी गरिरहेको छ र राज्यभरिबाट उनी शीघ्र स्वस्थ हुने प्रार्थना गरिँदैछ।
हिन्दुस्थान समाचार / भवानी थामी