मालदा, 02 अगस्त (हि.स.)। जीआरपीले मालदा टाउन स्टेशनबाट मोबाइल चोर्ने गिरोहका तीन सदस्यलाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूदेखि 15 मोबाइल फोन जफत गरिएको छ। पक्रा पर्नेहरूमा मजाहिद शेख (21), गुलाम मुस्तफा (19) र उत्तम कुमार (44) सामेल छन्। गुलामको घर कालियाचकको नयाबस्ती क्षेत्रमा छ जबकि मजाहिद र उत्तमको घर बिहारको सुल्तानगंज र संदलपुरमा छ।
सूत्रहरू अनुसार, शनिवार बिहान जीआरपीले मालदा टाउन स्टेशनको प्लेटफार्म नम्बर 1 मा तीन संदिग्ध मानिसहरूलाई घुम्दै गरेको देख्यो। पुलिसले यिनीहरूलाई हिरासतमा लिएर सोधपुछ गर्न थाना लगेर गयो। जब यिनीहरूको तलाशी लिइयो तब यिनीहरूदेखि 15 मोबाइल फोन जफत गरियो। सबै फोन लक थियो। कुनैपनि फोनमा सिम कार्ड थिएन। सोधपुछ गर्दा थाहा लाग्यो कि यिनीहरूले कुदिरहेको ट्रेनबाट मोबाइल फोन खोसेका थिए र फोनलाई बेच्न कालियाचक गइऱहेका थिए। जीआरपी अघिको कारबाहीमा जुटेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी