ममताले भनिन्- हाम्रो पाड़ा हाम्रो समाधान योजना बंगालका मानिसहरूको लागि हुनेछ हितकारी
ममताले भनिन्- हाम्रो पाड़ा हाम्रो समाधान योजना बंगालका मानिसहरूको लागि हुनेछ हितकारी


कोलकाता, 02 अगस्त (हि.स.)। पश्चिम बंगाल सरकारले शनिवार ‘हमारा पाड़ा हाम्रो समाधान’ नामक अर्को नयाँ महत्वाकांक्षी अभियान शुरू गरेको छ। मुख्यममन्त्री ममता ब्यनर्जीले यसलाई राज्यमा सहभागी शासनलाई संस्थागत रूप दिने दिशामा अनौठो प्रयास बताएकी छन्। सोशल मीडिया एक्समा पोस्ट गर्दै मुख्यमन्त्रीले लेखिन्, यस योजनाबाट बंगालका मानिसहरूलाई स्थानीय स्तरमा सरकारका सेवाहरू सोझै पुऱ्याउने दिशामा थप अर्को कदम बढ़ाइएको छ।

यस योजना अन्तर्गत शनिवार राज्यभरि नै 632 शिविरहरूको आयोजन गरियो जहाँ ‘द्वारे सरकार’- का सुविधाहरू पनि उपलब्ध रह्यो। मुख्यमन्त्रीले बताइन्, यस कार्यक्रम अन्तर्गत राज्यको हरेक बूथमा शिविर राखिनेछ। राज्यमा मोठ 80 हजारभन्दा अधिक बूथहरूछन् जसममा 27 हजारभन्दा अधिक शिविरहरूहरू आयोजना गर्ने योजना छ। जिल्लाका तीनवटा बूथहरूलाई मिलाएर एउटा शिविर आयोजना गरिनेछ भने कोलकाता नगर क्षेत्रमा दुईवटा बूथलाई मिलाएर एउटा शिविर आयोजना गरिनेछ।

मुख्यमन्त्री अनुसार यो शिविर 60 दिनसम्म चल्नेछ। त्यसपछि 30 दिनसम्म प्रशासनिक मूल्यांकन गरिएपछि योजनाहरूलाई धरातलीय स्तरमा लागू गरिनेछ।

राज्य सरकारले यस योजनाको लागि प्रत्येक बूथको लागि 10 लाख रुपियाँ आवन्टन गर्ने निर्णय लिएको छ। यसरी नै मोठ 8 हजार करोड़ रुपियाँभन्दा अधिक राशिलाई यस योजनाको लागि निर्धारण ग रिएको छ। मुख्यमन्त्रीले आशा व्यक्त गरेकी छन्, ‘हाम्रो पाड़ा हमारा समाधान’ कार्यक्रमले बंगालमा प्रशासन र नागरिकहरूबीचको दूरत्वलाई कम गर्नेछ अनि समस्याहरूको समाधान धरातलीय स्तरमा सुनिश्चित गर्नेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande