वाराणसी, 02 अगस्त (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले शनिवार आफ्नो संसदीय क्षेत्र वाराणसी पुगेर ‘अपरेशन सिन्दूर’ को सफलतालाई बाबा विश्वनाथलाई समर्पित गरे। उनले भने, पहलगाममा आतङ्की हमलामा 26 निर्दोषहरूको हत्यापछि उनले काशीवासीहरूबाट देशका छोरीहरूको सिन्दूरको जुन वाचा लिएका थिए, त्यो अब पूरा भएको छ। यो केवल महादेवको आशीर्वादले नै सम्भव भयो।
प्रधानमन्त्री मोदीले शनिवार वाराणसीको सेवापुरी ब्लकको बनौली गाउँमा आयोजित विशाल जनसभालाई सम्बोधित गरे। उनले भने, अपरेशन सिन्दूरपछि पहिलो पल्ट काशी आएको छु। काशीका मेरा मालिकहरू तपाईको वाचाको पालन गर्दै मैले छोरीहरूको सिन्दूरको बदला लिए। अपरेशनको सफलतालाई बाबा विश्वनाथको चरणहरूमा समर्पित गर्दछु। सावनको महिना होस्, काशी जस्तो पवित्र स्थान होस् र किसानहरूसित जोड़िने अवसर पाइयोस्, यसबाट ठूलो सौभाग्य अरू केही हुन सक्दैन। उनले मंचबाटै माँ गंगा, बाबा विश्वनाथ र मार्कण्डेय महादेवलाई नमन गर्दै भने, सावनमा बाबाका भक्तहरूको भीड़ देखेर म दर्शन गर्न जानेछुइन ताकि कसैलाई कुनै असुविधा नहोस्।
प्रधानमन्त्रीले भावुक भएर भने, जब महाशिवरात्रिमा यादव बन्धु जलाभिषेकको निम्ति निस्कन्छन्, तब त्यो दृश्य कति मनोरम हुन्छ, एक अद्भुत कोलाहल हुन्छ। नयाँ भारत केवल भोलेनाथलाई पूज्दैन तर आवश्यकता परे दुश्मन सामू कालभैरव पनि बन्छ। उनले उत्तर प्रदेशमा बन्न गइऱहेको ब्रह्मोस मिसाइलको उल्लेख गर्दै भने, म यूपीको सांसद हुँ, यस नाताले म खुशी छु कि ब्रह्मोस मिसाइल यूपीमा पनि बन्नेछ। यो मिसाइल लखनऊमा तयार हुनेछ। तर पाकिस्तानले फेरि कुनै पाप गऱ्यो भने यूपीमा बनेको मिसाइलले आतङ्कीहरूको सर्वनाश गर्नेछ।
प्रधानमन्त्री मोदीले भने, भारतमाथि जसले वार गर्नेछ, त्यो पातालमा पनि बच्नेछैन। उनले कांग्रेसलाई लक्षित गर्दै भने, अपरेशन सिन्दूरको सफलताले आफ्नै देशका केही मानिसहरूलाई पीड़ा भइऱहेको छ, यो दुर्भाग्य हो। भारतले आतङ्कीहरूको ठेगानाहरूलाई माटोमा मिस्यायो, यो कांग्रेस पार्टी र उसका चेलाहरूलाई मन परिरहेको छैन। म मेरा भारतीयहरूलाई सोध्न चाहन्छु कि तपाईलाई अपरेशन सिन्दूरको सफलतामा गर्व छ कि छैन। कांग्रेसले अपरेशन सिन्दूरलाई तमाशा भनेको छ, तपाईले मलाई बताउनुहोस्, के सिन्दूर कहिले तमाशा हुनसक्छ ? के कसैले सिन्दूरलाई तमाशा भन्नसक्छ ? कसैले मलाई बताउ, के आतङ्कीहरूलाई मार्न पनि प्रतिक्षा गर्नुपर्छ ? आतङ्कीहरूलाई मार्नु भनेर सपालाई फोन गर्नु ?
यस अगाड़ी जनसभामा प्रधानमन्त्रीले 2,183 करोड़ रूपियाँको 52 विकास परियोजनाहरूको लोकार्पण र शिलान्यास गरे। साथै प्रधानमन्त्री किसान सम्मान निधि योजनाको 20औं किस्ती अन्तर्गत देशभरिका 9.70 करोड़ किसानहरूको खातामा अनलाइन माध्यमले 20,500 करोड़ रूपियाँको राशि ट्रान्सफर गरे। चुनिन्दा दिव्यांगजन र वृद्धहरूमा सहायक उपकरण बाड़े।
हिन्दुस्थान समाचार / भवानी थामी