ओएसडी लेप्चाले गरे कोङ्ग्री लाब्दाङ जीपीकेको निरीक्षण भ्रमण
ओएसडी लेप्चाले गरे कोङ्ग्री लाब्दाङ जीपीकेको निरीक्षण भ्रमण


गेजिङ, 02 अगस्त (हि.स.)। सिक्किम सरकारको ग्रामीण विकास विभागका ओएसडी कृष्ण लेप्चाले आज कोङ्ग्री लाब्दाङ ग्राम पञ्चायत केन्द्र (जीपीके) को निरीक्षण भ्रमण गरे। भ्रमणको उद्देश्य केन्द्रको वर्तमान स्थिति र कामकाजको बारेमा मूल्याङ्कन गर्नु थियो।

निरीक्षणको क्रममा ओएसडीले पञ्चायत सदस्यहरू र कार्यालयका कर्मचारीहरूसॅंग अन्तरक्रिया गर्दै केन्द्रको विभिन्न सञ्चालन पक्षहरूको समीक्षा गरे। पञ्चायत सभापति बीबी गुरुङले ओएसडी समक्ष केन्द्र सम्बन्धित विभिन्न चिन्ताहरू राखे र वर्तमान प्रेक्षागृहको विस्तारको लागि अनुरोध गर्दै प्रस्ताव पेश गरे।

ओएसडी लेप्चाले ग्रामीण विकास विभाग र पीआरआईका सम्बन्धित अधिकारीहरू समक्ष प्रस्ताव पेश गर्ने आश्वासन दिए। यसैगरी, उनले केन्द्रका पूर्वाधार सम्बन्धित आवश्यकताहरूलाई सम्बोधित गर्न आवश्यक समर्थन एवं सहायता प्रदान गर्ने आश्वासन दिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande