राष्ट्रपति भवनको अमृत उद्यान 16 अगस्तदेखि 14 सेप्टेम्बरसम्म जनताको निम्ति खुल्ला रहने
उद्यान


नयाँ दिल्ली, 02 अगस्त (हि.स.)। राष्ट्रपति भवनको अमृत उद्यान एक पल्ट फेरि 16 अगस्तदेखि 14 सेप्टेम्बरसम्म जनताको निम्ति खुल्ला रहनेछ। दर्शकले यस अवधि हरेक मंगलवारदेखि आइतवारसम्म बिहान 10 बजीदेखि साझँ 6 बजीसम्म उद्यानको भ्रमण गर्नसक्नेछन्। अन्तिम प्रवेश समय साझँ 5.15 बजी निर्धारित गरिएको छ। उदयान प्रत्येक सोमवार रख-रखावको निम्ति बन्द रहनेछ।

राष्ट्रपति भवनको तर्फबाट शनिवार जारी बयान अऩुसार, अमृत उद्यानमा विशेष अवसरहरूमा खास वर्गहरूलाई विशेष प्रवेश दिइनेछ। 29 अगस्तमा राष्ट्रिय खेल दिवसको उपलक्ष्यमा खेलाड़ीहरू र खेल जगतसित जोड़िएका व्यक्तिहरूका लागि विशेष प्रवेशको व्यवस्था गरिएको छ। 05 सेप्टेम्बरमा शिक्षक दिवसको अवसरमा शिक्षकहरूलाई विशेष रूपमा आमन्त्रित गरिएको छ। दर्शकहरूको प्रवेश र निकास नर्थ एवेन्यू रोड नजिक स्थित गेट संख्या 35 बाट हुनेछ। अमृत उद्यानमा प्रवेश निःशुल्क रहनेछ। इच्छुक दर्शकले अनलाइन स्लट बुकिङको निम्ति visit.rashtrapatibhavan.gov.in मा पञ्जीकरण गर्नसक्छन्। अनलाइन बुकिङ नभएका दर्शकले गेट संख्या 35 को बाहिर लागेको सेल्फ-सर्विस कियोस्कको माध्यमले आफ्नो पञ्जीकरण गर्नसक्छन्। आगन्तुक उद्यानभित्र मोबाइल फोन, इलेक्ट्रोनिक चाबी, पर्स, ह्याण्डब्याग, पानीका बोतलहरू, नानीहरूको दूध पिउने बोतल र छाता लैजानसक्छन्। यस बाहेक अन्य कुनै वस्तु लैजाने अनुमति छैन।

अमृत उद्यानको भ्रमणमा यस पाली बाल वाटिका, हर्बल गार्डन, बोनसाई गार्डन, सेन्ट्रल लन, लङ गार्डन र सर्कुलर गार्डन सामेल हुनेछ। पूरा सर्किटमा लगाइएको क्यूआर कोडले आगन्तुकहरूलाई विभिन्न बिरूवा र डिज़ाइन विशेषताहरूबारे जानकारी प्रदान गर्नेछ। यस वर्षको प्रमुख आकर्षण एक नयाँ विशेषता ‘बैब्लिंग ब्रुक’ हो, जसले एक सुन्दर प्राकृतिक अनुभूति प्रदान गर्दछ। यस विशेष जोनमा झरनाहरू र फाउन्टेनहरूले सुसज्जित बगिरहेको जलधारा, स्टेपिंग स्टोन्स र रिफ्लेक्टिंग पूल, शान्तिपूर्ण बरको वृक्ष क्षेत्र जसमा रिफ्लेक्सोलोजी पथ सामेल छ। यस बाहेक पंचतत्व ट्रेल र वनस्पति ध्वनीहरूको साथ एक मनमोहक अनुभव, हर्बल र प्लूमेरिया गार्डन, जहाँ हरित वातावरणबीच संवेदी अनुभव प्रदान गर्ने खास व्यवस्था गरिएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande