महाराष्ट्रको पुणे जिल्लाको यवतमा हिंसापछि कर्फ्यू लगाइयो, आगलागीमा सामेल 15 पक्राउ
यवत


मुम्बई, 02 अगस्त (हि.स.)। महाराष्ट्रको पुणे जिल्लाको यवतमा शुक्रवार हिंसापछि कर्फ्यू लगाउनको साथ आगामी 48 घण्टाको निम्ति पूरा क्षेत्रमा निषेधाज्ञा लागू गरिएको छ। पुलिस र सुरक्षाबलहरूले पनि फ्ल्याग मार्च गरेको छ। यसका साथै पुलिसले यस मामिलामा अहिलेसम्म 15 जनालाई पक्राउ गरेको छ।

जिल्लाधिकारी जीतेन्द्र डूडीले यसको पुष्टि गरेका छन्। उनले भने, क्षेत्रमा तनावपूर्ण स्थिति छ र आज यवत पूर्ण रूपमा बन्द छ। पुलिसले शनिवार यवतको सहकार नगर, इन्दिरा नगर, स्टेशन रोडस्थित मस्जिदसम्म लङ मार्च गऱ्यो र मानिसहरूलाई शान्त रहने अपील गऱ्यो।

पुणे जिल्ला ग्रामीण पुलिस अधीक्षक संदीप गिलले बताए, यवतमा एक युवकद्वारा सोशल मीडियामा आपत्तिजनक पोस्ट भाइरल गरिएपछि शुक्रवार बिहानदेखि तनाउ उत्पन्न भएको थियो। यस मामिलामा पुलिसले आपत्तिजनक पोस्ट गर्ने युवक समेत कुटपीट, आगलागी, तोड़फोड़ गर्ने 15 जनालाई पक्राउ गरेको छ। यवतमा भारी संख्यामा पुलिस बल तैनाथ छ र क्षेत्रमा शान्ति कायम छ।

भाजपा विधायक राहुल कुलले शनिवार पत्रकारहरूलाई बताए, यवतमा बाहिरी व्यक्तिद्वारा आपत्तिजनक पोस्ट हाल्दा गाउँमा तनाउपूर्ण स्थिति उत्पन्न भएको थियो। घटनाको सूचना पाएपछि पुलिसले तुरन्तै हस्तक्षेप गऱ्यो र स्थितिलाई नियन्त्रणमा लिने प्रयास गरेको छ। जब केही मानिसहरूले अराजकता फैलाउने प्रयास गरे, तब पुलिसलाई भीड़लाई तितर-बितर गर्न हल्का लाठीचार्ज गर्नुपऱ्यो। तर यवतमा स्थानीय मानिसहरूको बैठक बसेको छ र सबैले क्षेत्रमा शान्ति स्थापित गर्ने प्रयास गरिरहेका छन्।

उपमुख्यमन्त्री अजीत पवारले शनिवार बताए, यवतमा जिल्लाधिकारी जीतेन्द्र डूडीले आगामी 48 घण्टाको निम्ति निषेधाज्ञा लागू गरेका छन्। जिल्लाको संरक्षक मन्त्रीको नाताले उनले यवत गाउँको घटनामाथि तीखो नजर राखेका छन्। उनले यहाँ सबै समाजका मानिसहरूसित शान्ति बनाएर राख्ने अपील गरेका छन्। स्थिति पूर्ण रूपमा नियन्त्रणमा छ।

यस घटनापछि मुख्यमन्त्री देवेन्द्र फडणवीसले भने, बाहिरी व्यक्तिको आपत्तिजनक पोस्टले यहा स्थिति बिगार्ने प्रयास गरिएको थियो तर स्थिति नियन्त्रित गरिएको छ। यस मामिलामा पुलिसले कठोर कारबाही गर्नेछ र दोषीहरूलाई कठोर सजाय दिइनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande