सूर्य फाउन्डेशनको पहलमा विरुवाहरु वितरण कार्यक्रम
सूर्य फाउन्डेशनको पहलमा विरुवाहरु वितरण कार्यक्रम


खरसाङ, 02 अगस्त (हि.स.)। दार्जिलिङ जिल्लाको खरसाङ क्षेत्रमा खरसाङ पानीघट्टा फरेस्टबाट लगभग 250 बिरुवाहरु रोप्नको लागि प्राप्त भएपछि खरसाङ क्षेत्रका विभिन्न स्थानहरूमा शिक्षकहरूको माध्यमद्वारा बिरुवाहरू लगाउन वितरण कार्यक्रम भयो। उक्त गाउँहरू अप्पर सिरुबारी रोहिणी चिसोपानी, तीनधारे महानदी, नयाँ कमान, बाघमारा बस्ती आदि स्थानहरूमा विरुवाहरु वितरण गरियो।

उक्त कार्यक्रममा स्थानीय शिक्षक योगेन्द्र क्षेत्री, सन्तोष थापा कालेबुङ जिल्ला क्षेत्र प्रमुख सञ्जय लिम्बू साथै दार्जिलिङ जिल्ला सूर्य फाउन्डेसन डेपुटी इन्चार्ज भिखपुरी गोस्वामीको तत्वावधानमा विरुवाहरु वितरण गरिएको जानकारी प्राप्त भएको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande