य़ुवकलाई पाकिस्तानबाट आयो राम मन्दिरलाई आरडीएक्सले उड़ाउने मेसेज, मामिला दर्ता
मन्दिर


मुम्बई, 02 अगस्त (हि.स.)। बीड जिल्लाको एक युवकलाई उत्तर प्रदेशको अयोध्यामा श्री राम मन्दिरलाई उड़ाउने मेसेज सोझो पाकिस्तानबाट आएको छ। यस मामिलामा युवकले शिरूर कासर पुलिस स्टेशनमा शिकायत पनि दर्ता गराएको छ। शिरूर कासर पुलिस स्टेशनको टीमले यस मामिलाको छानबीन गरिरहेको छ।

पुलिस अधिकारीले शनिवार जानकारी गराएका छन्, कथित रूपमा पाकिस्तानबाट आएको मेसेजमा शिकायकर्ता युवकलाई मन्दिर उड़ाउन एक लाख रूपियाँको पेशकश गरिएको छ र सन्देशमा यो पनि उल्लेख गरिएको छ कि षड़यन्त्रमा सामेल हुनका लागि थप 50 जनाको आवश्यकता छ। यस पूरा मामिलाले जिल्लामा कोकोहोलो मच्चेको छ।

पुलिस अधिकारीले बताए, मेसेजको अडियो क्लिपमा संदिग्धले भनेको छ, बताऊ, हाम्रो साथ देउ, आफ्नो मुख खोल, तिमीलाई रकम चाहियो। अयोध्याको मन्दिरलाई आईरडीएक्सले उड़ाउनु छ। यस कामको निम्ति हामीलाई पचास जना चाहियो, आरडीएक्स पुग्नेछ। जसले काम गर्नेछ, उसले एक-एक लाख पाउनेछ। यदि गर्न सक्दैनौं भने अरू नम्बर दिनसक्छौं।

पुलिस अधिकारीले बताए, शिकायतकर्ता युवकलाई विश्वास दिलाउन संदिग्धले कराची स्थित एक स्थानको लोकेशन पनि पठाएको छ। यो मेसेज पठाउने अज्ञात व्यक्ति विरूद्ध मामिला दर्ता गरिएको छ र मामिलाको गहन छानबीन जारी छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande