पूर्वी सिंहभूम, 02 अगस्त (हि.स.)। झारखण्डका शिक्षा मन्त्री रामदास सोरेनको अवस्था गम्भीर बनेको छ। शनिवार बिहान बाथरूममा चिप्लेको कारण उनको टाउकोमा गम्भीर चोट लाग्यो र ब्रेनमा ब्लड क्लट भयो। प्राथमिक उपचारपछि उनलाई एयर एम्बुलेन्समा दिल्लीको अपोलो अस्पताल लगिएको छ।
जमशेदपुरको घोड़ाबान्धा स्थित सरकारी आवासमा शनिवार बिहान रामदास सोरेन बाथरूममा चिप्लेर लड़े। यसबाट उनको टाउँकोमा गम्भीर चोट लाग्यो र ब्रेनमा ब्लड क्लट भयो। लड़ेपछि परिजनले उनलाई तुरन्तै मोटर्स अस्पताल लगेर पुगे, जहाँ प्रारम्भिक उपचारपछि उनको स्थिति गम्भीर बताइयो।
मुख्यमन्त्री हेमन्त सोरेनलाई यस घटनाको जानकारी दिइयो। उनले तुरन्तै उन्नत उपचारको निम्ति उनलाई एयर एम्बुलेन्सम दिल्ली पठाउने निर्देश दिए। जमशेदपुरमा ग्रीन कोरिडोर बनाएर टाटा मोटर्स अस्पतालबाट सोनारी एयरपोर्टसम्म मन्त्रीलाई पुऱ्याइयो, जहाँबाट उनलाई दिल्लीको अपोलो अस्पताल पठाइयो। सोनारी एयरपोर्टमा पूर्व केन्द्रिय मन्त्री अर्जुन मुणडा पनि पुगे। उनले बताए, रामदास सोरेन उनका एक असल मित्र हुन्। सोरेन अस्वस्थ हुँदा उनी दुःखी छन्। दिल्ली अपोलोका डायरेक्टर अनुपमसित कुरा भएको छ, जहाँ उनको उत्तम उपचार हुनेछ।
सोनारी एयरपोर्टमा पूर्व केन्द्रिय मन्त्री अर्जुन मुण्डा, ईचागढ़ विधायक सबिता महतो, विधायक मंगल कालिन्दी, कुणाल षाडंगी, झारखण्ड मुक्ति मोर्चा (झामुमो) नेता राजू गिरी, रमेश हांसदा सहित अन्य कार्यकर्ता उपस्थित थिए।
झारखण्डका स्वास्थ्य मन्त्री डा. इरफान अन्सारीले रामदास सोरेन शीघ्र स्वस्थ हुने कामना गरेका छन्। उनले सोशल मीडिया एक्समा चिन्ता व्यक्त गर्दै लेखेका छन्, रामदास सोरेनको ब्रेनमा चोट लागेको छ र ब्लड क्लट भएको छ, जस कारण उनलाई एयरलिफ्ट गरी दिल्ली लगिँदैछ। अहिले डाक्टरहरूको विशेष टीमले उनको निगरानी गरिरहेको छ। तपाई सबैसित प्रार्थना गर्ने अपील छ। ईश्वरसित उनी शीघ्र स्वस्थ हुने प्रार्थना छ।
हिन्दुस्थान समाचार / भवानी थामी