दुर्गा पूजा अगावै बीटीआर चुनाउ हुनेछः मुख्यमन्त्री
दुर्गा पूजा अगावै बीटीआर चुनाउ हुनेछः मुख्यमन्त्री


-बीटीआरमा भाजपा निर्णायक भूमिकामा छ: भाजपा अध्यक्ष दिलीप सैकिया

तामुलपुर (असम), 03 अगस्त (हि.स.)। बोड़ोल्याण्ड टेरिटोरियल रीजन (बीटीआर)- को चुनाउ दुर्गा पूजा अगावै सम्पन्न हुनेछ। आइतवार मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले तामुलपुर जिल्लाको नाग्रीजुलीमा भाजपाको एक चुनावी सभालाई सम्बोधन गर्दै उक्त आशयको जानकारी गराए।

मुख्यमन्त्रीले भने, नाग्रीजुलीमा यसपालि म दुर्गा पूजा हेर्नको लागि आउनेछु। विकास कार्यहरूको उल्लेख गर्दै उनले भने, बाल्टी, मटंगा र पगलादियामा पुल बनाउने घोषणा गरेको थिएँ जुन आज साकार भइरहेको छ। उनले नाग्रीजुलीमा एउटा कलेज स्थापना गरिदिने घोषणा पनि गरे। उनले भने, भाजपाको सरकार बनिएपछि बीटीआरमा पूर्ण रूपले शान्ति फर्किएको छ।

बितेको पाँच वर्षभित्रमा पूर्ण रूपले शान्ति कायम भएको छ, कहीँ-कतै गोली चलेको वा बम विस्फोट भएको छैन। सबै समाजका मानिसहरू आपस्तमा मिलेर शान्तिपूर्वक बसिरहेका छन्। अब हाम्रो लक्ष्य, शान्तिपछि अबको पाँच वर्षभित्रमा बीटीआरको विकास गर्नु। सम्पूर्ण असममा बीटीआरलाई विकसित क्षेत्रको रूपमा स्थापना गर्नु हो।

मुख्यमन्त्रीले भने, हामी बीपीएफ एवं यूपीपीएलका विरोधी होइनौं। हामी बीटीआरमा भाजपालाई विजय बनाउन चाहन्छौं। त्यसैले यसपालि चुनाउमा भाजपाले एक्लै चुनाउ लड़्ने तयारी गरेको छ। दुर्गा पूजा पूर्व नै कोकराझारमा भाजपा अनि दुर्गा पूजापछि दिसमपुरमा पनि भाजपाको सत्ता हुनेछ।

चुनावी सभालाई सम्बोधन गर्दै असम भाजपाका प्रदेश अध्यक्ष एवं सांसद दिलीप सौकियाले भने, बीटीआरमा यसपालि भाजपाले निर्णायक भूमिका निभाउनेछ। साथै भाजपा जता जान्छ त्यतै बीटीआरमा सरकार गठन हुनेछ।

यस अवसरमा मन्त्री जयन्त मल्ल बरुवा, विक्कटर दास, रातुल शर्मा, शंकर दास, डा. धर्मनारायण दास, विनन्द कलिता, रञ्जीत सरकार, राम दास तोला, सीमा दास, राजेश बोड़ो, लखी दास, भानु मजुमदार, गजेन दास, गोलाब लोहाल आदि उपस्थित थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande