मुख्यमन्त्रीले एसएसबी मल्टी स्पेशलिटी अस्पताललाई दिल्लीवासीहरूप्रति समर्पित गरिन्
मुख्यमन्त्रीले एसएसबी मल्टी स्पेशलिटी अस्पताललाई दिल्लीवासीहरूप्रति समर्पित गरिन्


नयाँ दिल्ली, 3 अगस्त (हि.स.)। मुख्यमन्त्री रेखा गुप्ताले आइतवार कैलाश कलोनीमा अत्याधुनिक सुविधाहरूद्वारा लैस एसएसबी मल्टी स्पेशलिटी अस्पतालको लोकार्पण गरी त्यसलाई दिल्लीवासीहरूप्रति समर्पित गरिन्। यस अवसरमा सांसद बाँसुरी स्वराज एवं विधायक शिखा रायको उपस्थिति रहेको थियो।

मुख्यमन्त्रीले आइतवार एक्समा पोस्ट गर्दै भनिन्, स्वस्थ नागरिक र सक्षम राष्ट्र हाम्रो सरकारको प्राथमिकता हो। आयुष्मान भारत, वय वन्दन योजना, जन औषधि केन्द्र औ आयुष्मान आरोग्य मन्दिर जस्ता जनकल्याणकारी योजनाहरूको माध्यमबाट केन्द्र र राज्य सरकारले दिल्लीलाई एक समावेशी सशक्त स्वास्थ्य व्यवस्थाको राजधानी बनाउनको लागि कटिबद्ध छ।

मुख्यमन्त्री गुप्ताले भनिन्, दिल्लीमा पीपीपी मोडल अन्तर्गत सबै सरकारी अस्पतालहरूको आधुनिकीकरण गरिँदैछ। साथै अधुरो अस्पतालहरूको कार्य चाँड़ै पूरा हुनेछ। हरेकअस्पतालमा ट्रमान सेन्टर, आधुनिक मशिन एवं गुणस्तरीय उपचार व्यवस्था सुनिश्चित गरिनेछ।

उल्लेखनीय छ, मुख्यमन्त्रीले पछिल्लो 24 जुलाईमा दिल्लीको सार्वजनिक स्वास्थ्य प्रणालीलाई आधुनिक औ सशक्त बनाउने दिशामा ऐतिसाहिक कदम उठाउँदै अस्पताल सूचना प्रबन्धन प्रणाली (एचआईएमएस), 34 वटा नयाँ आयुष्मान आरोग्य मन्दिर एवं आठ वटा नयाँ जन औषधि केन्द्रहरूको शुभारम्भ गरेकी थिइन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande