नगाउँ (असम), 03 अगस्त (हि.स.)। असम पुलिसले गाई तस्करी विरूद्ध नगाउँ जिल्लाको कलियाबोर-सामागुरीमा ठूलो कारबाही गरेको छ। पुलिसको यस कारबाहीमा गाई तस्करी गिरोहको खुलासा भएको छ।
नगाउँ पुलिसले आइतवार बतायो, कलियाबोर सीडीएसपीको नेतृत्वमा संचालित अभियानमा एकसाथ 20 जना गाई चोरहरूलाई पक्राउ गरिएको छ। पछिल्लो छह महिनादेखि कै चोरहरूले कलियाबोर क्षेत्रका मानिसहरूको गाई चोरेर लग्जरी वाहनको माध्यमबाट त्यसलाई तस्करी गर्दै आइरहेका थिए। हालैमा गाई चोरहरूलाई लक्षित गरेर कलियाबोर पुलिसले गोली पनि चलाएको थियो जुन गोली चोरहरूको लग्जरी वाहनमा लागेको थियो।
यस अवधि लग्जरी वाहनबाट चारवटा गाईहरूलाई जफत गरिएको थियो भने एकजना गाई चोरलाई पक्राउ गरिएको थियो। यी चोरहरूसित जाँचबुझ गर्दा थाहा लाग्यो कि चोरहरूले गाई चोर्नका लागि बेहोश बनाउने स्प्रे लगाएर गाईहरूलाई बेहोश बनाउँछन् अनि त्यसलाई लग्जरी वाहनमा लादेर टाप कस्छन्। चोरहरूको यस्तो कृत्य बारे थाहा पाउनसाथ पुलिसले चोरहरूको गिरोहलाई नै समात्नको लागि आफ्नो अभियानलाई द्रूत गतिमा अगाड़ि बढ़ायो। लामो समयसम्म संचालित यस अभियानमा एकसाथ 20 जना चोरहरूलाई पक्राउ गरियो। पुलिसले यी आरोपीहरूसित जाँचबुझ गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा