सिचाईको पानीको मागलाई लिएर बाँकुड़ामा किसानहरूले गरे सड़क जाम
सिचाईको पानीको मागलाई लिएर बाँकुड़ामा किसानहरूले गरे सड़क जाम


बाँकुड़ा, 03 अगस्त (हि. स.)। सिचाईको लागि पानीको मागलाई लिएर खातड़ाका किसानहरूले सड़कमा उत्रेर विरोध प्रदर्शन गरे।

प्राप्त जानकारी अनुसार मुकुटमणिपुरस्थित कांगसाबती जलाशयदेखि सिचाई नहरमा पानी छोड़्ने माग गर्दै बाँकुड़ा-रानीबाँध राज्य राजमार्गमा सड़क जाम गरेर किसानहरूले प्रदर्शन गरे जसबाट सड़कका दुवै किनारमा यात्री बस तथा अन्य वाहनहरूको लामो ताँत लाग्यो अनि जामको स्थिति उत्पन्न भयो।

आन्दोलनकारी किसानहरूले आरोप लगाए, खाड़ताब ब्लकका विभिन्न पञ्चायत क्षेत्रहरूका अधिकांश उच्च भूमिमा पानीको अभावले गर्दा धान रोपाईको काम अहिलेसम्म हुन सकेको छैन। किसानहरूले चेताउनी दिएका छन्, यदि सिंचाई नहरमा तत्काल पानी छोड़िएन भने भविष्यमा अझ ठूलो आन्दोलन गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande