नवग्राममा पुलिस अभियान अवधि होमगार्डको मृत्यु
नवग्राममा पुलिस अभियान अवधि होमगार्डको मृत्यु


मुर्शिदाबाद, 03 अगस्त (हि. स.)। जिल्लाको नवग्राम थाना क्षेत्रमा कर्तव्य पालन गर्दै गर्दा एक जना होमगार्डको मृत्यु भयो। घटना गए शनिवार रातिको हो जतिबेला नवग्राम थाना अन्तर्गत एउटा तलाउ नजिक असामाजिक गतिविधिहरू भएको सूचना पाएर पुलिस टीम घटनास्थलमा पुगेको थियो। सोही टीममा होमगार्ड बिष्णुजीब पनि सामेल थिए।

प्राप्त जानकारी अनुसार पुलिस गस्ती टीमलाई सूचना प्राप्त भयो कि तलाउको छेउमा केही संदिग्ध गतिविधि भइरहेको छ। सूचना पाउनसाथ टीमले तत्कालै घटनास्थलमा पुगेर आरोपीलाई पक्राउ गर्ने चेष्टा गऱ्यो। यसै क्रममा होमगार्ड बिष्णुजीब चिप्लिएर तलाउको किनारमा लड़े। दुर्भाग्यवश त्यहाँ रहेको बोल्डरमा ठोक्किएर उनको शिरमा गम्भीर चोट लाग्यो।

घटनापछि अन्य सहकर्मीहरूले उनलाई तत्काल मुर्शिदाबाद मेडिकल कलेज एवं अस्पतालमा पुऱ्याए जहाँ उपचार गरेपछि राति नै उनलाई अर्को सरकारी अस्पतालमा रेफर गरियो। तमाम प्रयासहरू गर्दा पनि उनलाई बचाउन सकिएन र अन्ततः उनको मृत्यु भयो।

पुलिस अधिकारीहरूले बताए, होमगार्ड बिष्णुजीब ड्यूटीप्रति समर्पित थिए र सदैव सतर्क रहेर आफ्नो कर्तव्य निर्वहन गर्दथे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande