हुगली, 3 अगस्त (हि.स.)। कानाईपुरमा तृणमूल नेताको हत्याको मामिलामा गए शनिवार आरोपीहरूलाई पक्राउ गरिएपछि चन्दन नगर पुलिस कमिश्नरेटले कानाईपुर चौकीका इञ्चार्ज राहुल विश्वासलाई स्थानान्तरण गरिदिएको छ। एसआई विश्वजीत पाललाई उनको स्थानमा कानाईपुर पुलिस चौकीको इञ्चार्ज बनाइएको छ।
उल्लेखनीय छ, हुगली जिल्लाको कोन्नगरस्थित जानाईपुरमा बितेको बिहीवार साँझ स्थानीय तृणमूल पञ्चायत सदस्य पिन्टु चक्रवर्तीको धारिलो हतियारले प्रहार गरी हत्या गरिएको थियो। यस मामिलामा गए शनिवार पुलिसले तीन जना आरोपीहरूलाई पक्राउ गरेको थियो। यसबीच शनिवार राति नै कानाईपुर चौकी इञ्चार्जलाई स्थानान्तरण गरिएको समाचार प्रकाशमा आयो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा