कालेबुङ, 03 अगस्त (हि. स.)। राज्यमा अविरल रूपमा घना वर्षा भइरहेको छ भने दुई दिनदेखि हिमाली क्षेत्रमा भइरहेको घना वर्षाले यहाँको सम्पूर्ण जनजीवनलाई नै पूर्ण रूपमा प्रभावित पारेको छ।
पहाड़का कतिपय ठाउँहरूमा फेरि नयाँ पैह्रो गएको छ। आइतवार बिहानदेखि नै यहाँका विभिन्न ठाउँहरूमा पैह्रो जाने क्रम जारी छ जसले गर्दै सबैभन्दा बढ़ी प्रभावित बंगाल-सिक्किमको जीवन रेखा राष्ट्रिय राजमार्ग-10 भएको छ।
उल्लेखनीय छ, गए शनिवार ममखोला, ऋषिखोला, तारखोला समेत केही स्थानमा पैह्रो गएको थियो भने आइतवार बिहान यी स्थानहरूमा नयाँ शिराबाट पैह्रो गएको समाचार छ।
भनिन्छ, पैह्रो गएको केही क्षणपछि नै ऋषिखोलामा सड़क चर्कियो। सेती झोड़ामा राष्ट्रिय राजमार्ग-10 को एक भागलाई पैह्रोले पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ फलस्वरूप उक्त सड़कमा यातायात बाधित भयो। पैह्रो जाने सम्भावित सबै क्षेत्रहरूमा पुलिसलाई तैनाथ गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा