कोलकाता, 03 अगस्त (हि.स.)। संसद सत्रबीच तृणमूल कंग्रेस सुप्रीमो ममता ब्यानर्जीले पार्टीका सांसदहरूसित 4 अगस्तको साँझ 4:30 बजे एक महत्वपूर्ण भर्चुअल बैठक डाकेकी छन्। बैठकमा लोकसभा अनि राज्यसभाका तृणमूल सांसदहरूलाई पार्टी लाइनमाथि मार्गदर्शन दिने आशा व्यक्त गरिँदैछ।
सूत्र अनुसार यस बैठकमा केही महत्वपूर्ण जिम्मेवारीहरूको बाँड़फाँड़ हुनसक्छ जसलाई लिएर पार्टीभित्र चर्चा चुलिएको छ।
बैठकमा पार्टीका राष्ट्रिय महासचिव अभिषेक ब्यनर्जी पनि उपस्थित रहनेछन्। यस अतिरिक्त पाँच अगस्तमा फेरि अर्को भर्चुअल बैठक राखिएको छ जसमा तृणमूलका सबै निर्वाचित जनप्रतिनिधिहरू जस्तै सांसद, विधायक, नगरनिगमका मेयर, उपमेयर, चेयरम्यान, जिल्ला परिषद प्रमुख तथा पञ्चायत समितिहरूका अध्यक्षगण सामेल हुनेछन्।
स्मरण गराइन्छ, आगामी 8 अगस्तमा यो बैठक प्रस्तावित थियो, तर पछि यसलाई 5 अगस्तमै आयोजना गर्ने निर्णय लिइयो। यस दिन पनि साँझ चार बजे अभिषेक ब्यनर्जीको अध्यक्षतामा भर्चुअल बैठक हुनेछ।
यस दुई स्तरीय रणनीतिक सम्वादलाई पार्टीको आगामी राजनीतिक दिशा, संगठनात्मक संरचना औ आगामी विधानसभा चुनाउको योजनासित जोड़ेर हेरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा