बाक्सा (असम), 03 अगस्त (हि.स.)। बाक्सा जिल्लाको लाबदांगगुरीमा राष्ट्रिय उद्यान मानाहदेखि आएका जंगली हात्तीको हमलामा परी आइतवार भोर बिहान एकजना ग्रामीणको मृत्यु भयो। मृतकको पहिचान लावदांगगुरी गाउँ निवासी नवीन नाथको रूपमा भएको छ।
पुलिस सूत्रा अनुसार आइतवार भोर बिहान मानाह राष्ट्रिय उद्यानबाट आएको जंगली हात्तीले दुईवटा गाउँमा व्यापक उत्पात मच्चायो। पछि जंगल तर्फ फर्किरहेको हात्तीले खेतमा काम गर्न गइरहेका नवीन नाथमाथि हमला गऱ्यो जसले गर्दा उनको घटनास्थलमै मृत्यु भयो।
ग्रामीणहरूमा यस कुरालाई लिएर व्यापक रोष देखिएको छ, वन विभागलाई सूचना दिइएको भए पनि घटनास्थलमा कोही आएन। घटनास्थलमा स्थानीय लाबदांगगुरी पुलिस, एसएसबी औ वन विभागको टीमले पुगेर स्थितिलाई नियन्त्रण गऱ्यो।
उल्लेखनीय छ, क्षेत्रमा जंगली हात्तीहरूको उत्पात हिजोआज बढ़ी नै देखिँदैछ। तथापि वन विभागले यस समस्याको स्थायी समाधानको लागि कुनै ठोस कदम उठाइरहेको छैन फलस्वरूप स्थानीय मानिसहरूमा व्यापक आक्रोश व्याप्त भएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा