कानाईपुरः तृणमूल नेताको हत्याको आरोपमा कुख्यात ग्यांगस्टर पक्राउ
कानाईपुरः तृणमूल नेताको हत्याको आरोपमा कुख्यात ग्यांगस्टर पक्राउ


हुगली, 03 अगस्त (हि. स.)। उत्तरपाड़ा थानान्तर्गत कानाईपुरमा भएको तृणमूल नेताको हत्याको आरोपमा कुख्यात ग्यांगस्टर बाघालाई पुलिसले बाँकुड़ाको सोनामुखी क्षेत्रबाट पक्राउ गरेको छ। तृणमूल नेता पिन्टु चक्रवर्तीको हत्या यसै ग्यांगस्टरसित भएको जमीन विवादको कारण भएको हुनसक्ने आशंका पुलिसले व्यक्त गरेको छ। बाघालाई पक्राउ गरिएपछि यस मामिलामा अहिलेसम्ममा पक्रा पर्ने आरोपीहरूको संख्या चार पुगेको छ।

पुलिस सूत्र मुताविक क्षेत्रको एउटा जमीनलाई बिक्री गर्ने सन्दर्भमा पञ्चायतमा मतभेद भएको थियो। अन्य मानिसहरू राजी भए पनि तृणमूल नेताले भने विरोध गरिरहेका थिए। त्यसैले सुपारी दिएर तृणमूल नेताको हत्या गराइयो।

पुलिसले बितेको शनिवार प्रेस कन्फ्रेन्स आयोजना गरी बताएको थियो, यस मामिलामा बिश्वनाथ दास उपनाम बिशा, दीपक मण्डल र बिश्वजीत प्रणामिकलाई पक्राउ गरिएको थियो। यिनीहरूसित जाँचबुझ गर्दा थाहा लाग्यो कि बिशाले तीन लाख रुपियाँको सुपारी लिएर दुई जना भाड़ाका हत्याराहरू मार्फत तृणमूल नेताको हत्या गरायो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande