समुद्रमा बेपत्ता मछुआराहरूलाई खोज्न ओडिशा पुलिसको व्यापक सर्च अभियान जारी
समुद्रमा बेपत्ता मछुआराहरूलाई खोज्न ओडिशा पुलिसको व्यापक सर्च अभियान जारी


भुवनेश्वर, 3 अगस्त (हि.स.)। ओडिशाको बालेश्वर जिल्लामा समुद्रमा बेपत्ता भएका चारजना मछुआराहरूलाई खोज्नका लागि ओडिशा पुलिसले व्यापक खोजी अभियान शुरू गरेको छ। यस आशयको जानकारी गराउँदै ओडिशा पुलिसले बतायो, ओडिशा पुलिसले आफ्नो तटवर्ती थानाका तीन वटा आधुनिक नौकाहरूलाई खोजी अभियानमा प्रयोग गरिरहेको छ जसमा कसफल मरिन थानाको 12 टन क्षमता भएको एउटा बोट र बलरामगड़ी मरिन थानाको 12 टन र 5 टनका दुईवटा बोट सामेल छन्। यसको साथै राज्य मत्स्य संसाधन विभागको ‘सागर मित्र’-ले पनि यस अभियानमा सहयोग गरिरहेको छ।

पुलिसको तट सुरक्षा एकाईद्वारा ड्रोनको माध्यमबाट समुद्रमा हवाई निगरानी गरिँदैछ ताकि बेपत्ता मछुआराहरूको स्थितिको बारेमा पत्तो लगाउन सकियोस्। आज भोर बिहानदेखिकै समुद्रभित्र गहन खोजी अभियान शुरू गरिएको छ।

राज्य पुलिसको अनुरोधमा भारतीय तट रक्षक बल पनि यस खोजी अभियानमा सामेलभएको छ। साथै समुद्र तटमा पुलिसकर्मीहरूको गस्ती र निगरानीलाई बढ़ाइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande