श्रीभूमिमा तीन बंगलादेशी अनुप्रवेशकारीहरू पक्राउ, स्वदेश फर्काइयो
श्रीभूमिमा तीन बंगलादेशी अनुप्रवेशकारीहरू पक्राउ, स्वदेश फर्काइयो


कछार (असम), 3 अगस्त (हि.स.)। भारतमा अवैध रूपमा प्रवेश गरेको आरोपमा असम पुलिसले फेरि एकपटक तीनजना बंगलादेशी नागरिकहरूलाई समात्यो। गए शनिवार राती श्रीभूमि जिल्लामा अवैध रूपमा भारतमा प्रवेश गरेका तीनजना अनुप्रवेशकारीहरूलाई पुलिसले हिरासतमा लियो।

पुलिस मुताविक वैध दस्तावेज बिनै भारतमा प्रवेश गर्ने यी बंगलादेशी नागरिकहरूलाई आइतवार उनीहरूको देशमा पठाइयो। यस सम्पूर्ण ममिलाको जानकारी असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले आफ्नो फेसबुक अकाउण्टमा तस्वीरहरू साझा गरेर दिएका छन्।

मुख्यमन्त्रीले दोहोऱ्याए, “कुनै पनि अनुप्रवेशलाई असम वा भारतको भूमिमा स्वागत गरिनेछैन।” उनले स्पष्ट पारे, राज्य सरकार यस मुद्दामा अत्यन्त गम्भीर छ र पहिला पनि यो कुरा भनिसकिएको छ। मुख्यमन्त्रीले अनुप्रवेशकारीहरूविरूद्ध गरिएको कड़ा कारबाहीको प्रशंसा गरेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande