टिपकाई नदीमा तैरिरहेको शव भेटियो
टिपकाई नदीमा तैरिरहेको शव भेटियो


धुबड़ी (असम), 03 अगस्त (हि.स.)। धुबड़ी भएर बग्ने टिपकाई नदीमा आइतवार शव भेटिएको घटनाले सम्पूर्ण क्षेत्रमा कोकोहोलो मच्चियो। शव बंधिहाना पुलि चौकी अन्तर्गत स्याण्ड ब्लक गाउँस्थित टिपकाई नदीमा भेटिएको हो। मानिसहरूले नदीको किनारमा शवलाई देखेपछि पुलिसलाई सूचित गरे।

हत्या गरेपछि शवलाई पानी फालिएको हुनसक्ने आशंका व्यक्त गरिएको छ। मृतकले कालो रंगको प्यान्ट, सेतो रंगको टी शर्ट, कालो रंगको जुत्ता लगाएका छन्। सूचना पाएर बांदीहाना पुलिसले घटनास्थलमा पुगी शवलाई पोस्टमर्टम गर्नको लागि अस्पतालमा पठाइदियो। पुलिसले बतायो, जाँचपछि नै पत्तो लाग्नेछ कि यो मामिला हत्या हो वा आत्महत्या।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande