नयाँ दिल्ली, 3 अगस्त (हि.स.)। मुख्यमन्त्री रेखा गुप्ताले भनिन्, भारतीय जनता पार्टी (भाजपा)-को ट्रिपल इञ्जीनको सरकारले दिल्लीका जनताको सबै काम गरिरहेको छ। उनले सो मन्तव्य ग्रेटर कैलाशकी विधायक शिखा रायको कार्यालय, जन सेवा केन्द्रको उद्घाटन गर्ने क्रममा व्यक्त गरेकी हुन्। उनले यहाँ पत्रकारहरूलाई सम्बोधन गर्दै भनिन्, भाजपा विधायकले जनतामाझ पुगेर 24 घण्टै-सातै दिन जनताको सेवा गरिरहेकी छन्। आज पनि यस जन सेवा केन्द्रमा हजारौं मानिसहरू आएका छन्।
मुख्यमन्त्रीले भनिन्, यस जन सेवा केन्द्रमा मानिसहरूको समस्या समाधान गरिनेछ। भाजपाका सबै विधायक जन सेवामा लागिपरेका छन्। उनले पछिल्लो सरकारका विधायकहरूमाथि कटाक्ष गर्दै भनिन्, उनीहरूको कार्यालय घरमै हुन्थ् जहाँ जनता पुग्न पनि सक्दैन थिए। हाम्रा विधायकहरू जनताको माझमा गएर समस्याहरूको समाधान गरिरहेका छन्।
मुख्यमन्त्रीले भनिन्, दिल्लीको द्रूत गतिमा विकास भइरहेको छ। दिल्लीवासीका सबै समस्याहरूको निवारण गरिँदैछ। उनले भनिन्, यो केन्द्रले प्रधानमन्त्री नरेन्द्र मोदीको ‘सेवा औ सुशासन’- को संकल्पलाई साकार बनाउँदै आम जनताका समस्याहरूको समाधान, केन्द्र एवं राज्य सरकारका योजनाहरूको जानकारी तथा आवश्यकतामा रहेकाहरूलाई तत्काल सहायता पुऱ्याउने प्रभावशाली माध्यम बन्नेछ। भाजपाको सरकारले अन्तिम पंक्तिका नागरिकसम्म विकास, सेवा र अधिकार समयबद्ध रूपमा पुऱ्याउनको लागि संकल्पबद्ध छ। यस अवसरमा बाँसुरी स्वराज र स्थानीय विधायक शिखा राय पनि उपस्थित थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा